रियालाई ‘बिग बोस’मा महंगो पारिश्रमिक « Khabarhub

रियालाई ‘बिग बोस’मा महंगो पारिश्रमिक


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– सर्वाधिक विवादास्पद शो ‘बिग बोस १५’लाई लिएर सामाजिक सञ्जालमा जबरजस्त क्रेज बनिरहेको छ । यो शो यसपटक अभिनेत्री रिया चक्रवर्तीका कारण पनि चर्चामा छ । अभिनेता सलमान खानले सञ्चालन गर्ने शोका लागि निर्माताले सर्वाधिक महंगो रकमको प्रस्ताव गरेका छन् ।

इन्स्टाग्राम हेण्डल ‘बिग बोस १५’का अनुसार रियालाई निर्माताले प्रति हप्ता ३५ लाख रुपैंयाँ पारिश्रमिकको प्रस्ताव गरेका छन् । शोमा कुनै पनि सेलिब्रेटीलाई प्रस्ताव गरिएको यो रकम अहिलेसम्मकै ठूलो मानिएको छ ।

यदि रिया सलमानको यो शोमा दुई सातासम्म बसिन् भने उनले सजिलै ७० लाख रुपैंयाँ कमाउनेछिन् । हालसम्म यो कुराको औपचारिक सम्झौता भइसकेको छैन । रिया यो प्रस्तावसँग सकारात्मक रहेकाले उनले चाँडै सम्झौता गर्ने अनुमान लगाइएको छ ।

रिया सन् २०२० मा अभिनेता सुशान्त सिंह राजपुतको निधनका कारण चर्चामा रहिन् । त्यहीकारण रिया अहिले ‘ट्रेण्डिङ नाम’का रुपमा परिचित छिन् । रिया यो शोमा सहभागी भइन् भने त्यसको फाइदा निर्मातालाई हुने विश्वास गरिएको छ ।

रियालाई पनि आफूप्रति आम मानिसको नकारात्मक भावलाई परिवर्तन गर्ने यो अवसर हुने निर्माण पक्षको दाबी छ । यद्यपि रियालाई यो शोमा सहभागिता जनाउनका लागि त्यती सहज भने छैन । किनकी रियासँग जोडिएका कैयौं कानूनी प्रावधान अझै अड्किएका छन् ।

‘बिग बोस’को नवौं संस्करणमा अभिनेत्री रिमी सेनले २ दशमलब २५ करोड रुपैंयाँ पारिश्रमिक बुझेकी थिइन् । गत वर्षको सिजनमा सिद्धार्थ शुक्लालाई दुई साताका लागि झण्डै ४० लाख रुपैंयाँ दिइएको थियो । अभिनेत्री रश्मी देसाई हरेक साता २१ लाख रुपैंयाँ पारिश्रमिक पाएर सर्वाधिक पारिश्रमिक बुझ्ने प्रतियोगी बनेकी थिइन् ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  १२ : ५५ बजे

मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभाका समानुपातिक सांसदलाई आयोगले आज प्रमाणपत्र दिँदै

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई आज प्रमाणपत्र

कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००