ईपीएल क्रिकेट : पोखरालाई ललितपुरको ५२ रनको लक्ष्य « Khabarhub

ईपीएल क्रिकेट : पोखरालाई ललितपुरको ५२ रनको लक्ष्य


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ईपीएल टी-ट्वान्टी क्रिकेटमा साविक विजेता ललितपुर प्याट्रीयट्सले पोखरा राइनोजलाई ५२ रनको विजय लक्ष्य दिएको छ ।

वर्षाका कारण भिजेको मैदानमा दुई घण्टा ढिलो शुरू भएको खेल ७ ओभरमा घटाइएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन बनायो ।

ललितपुरका लागि सन्दुन वीराक्कोडीले सर्वाधिक १९ रन बनाए । ओशाडा फर्नान्डोले अविजित १० रन जोडे । नारायण जोशी ११ तथा कप्तान कुशल भुर्तेल ३ रनमा आउट भए ।

ललितपुरलाई सस्तैमा समेट्न पोखराका नन्दन यादवले ३ विकेट लिए । बिक्रम सोबले २ तथा केस्रिक विलियम्सले १ विकेट लिए ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  १ : ०५ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल