करियरलाई ‘ट्रयाक’मा ल्याउदै श्वेता « Khabarhub

करियरलाई ‘ट्रयाक’मा ल्याउदै श्वेता


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– सन् २००१ मा टेलिभिजनमा अनुराग बसु र प्रेरणाको एक प्रेमकथालाई दर्शकले अत्याधिक रुचाए । टेलिफिल्म ‘कसौटी जिन्दगी की’ का यी दुई कलाकारले रातारात चर्चा पाए । यो शो भलै अफएयर भए पनि यी दुई कलाकार अहिले पनि उत्तिकै चर्चित छन् ।

टेलिफिल्ममा ‘प्रेरणा’को चरित्र श्वेता तिवारीले निभाएकी थिइन् । सुन्दर अनुहार, लामो कद र सुन्दर मुस्कान, यी नै विशेषताले श्वेताले दर्शकको ध्यान आफूतिर तान्न सफल भइन् ।

‘कसौटी जिन्दगी की’बाट स्टार बनेकी श्वेताले यसपछि धेरै शोमा आफूलाई उपस्थित गराइन् । तर उनले ‘प्रेरणा’ जस्तो लोकप्रियता र भूमिका कहिँ कतै पाइनन् ।

‘कसौटी’ पछि श्वेताले ‘सीता और गीता’, ‘जाने क्या बात हुई’, ‘सजन रे झूठ मत बोलो’, ‘परवरिश’, ‘एक थी नायिका’, ‘बाल वीर’, ‘बेगूसराय’, ‘मेरे डैड की दुल्हन’मा काम गरिन् । कैयौं रियालिटी शोमा सहभागिता जनाइसकेकी श्वेता ‘बिग बोस ४’की विजेता पनि हुन् ।

गत वर्ष श्वेताले धेरै काम गरिन् । जसलाई हेर्दा उनी आफ्नो करियरलाई ‘ट्रयाक’मा ल्याउन खोजिरहेको प्रष्ट बुझ्न सकिन्छ । हालका दिनमा श्वेता आफ्नो फेसन सेन्सलाई निकै ध्यान दिन थालेकी छन् ।

श्वेताले ‘खतरों के खिलाडी ११’मा सहभागिता जनाएर उत्कृष्ट ५ मा आफूलाई उभ्याइन् । केपटाउनमा उनको धमाकेदार स्टण्टसँगै फेसन शैलीले चर्चा दिलायो । ४० को उमेरमा पनि निकै फिट देखिने श्वेताको फिटनेसले सबैलाई सोच्न बाध्य बनाउने गरेको छ ।

श्वेता ‘बिग बोस १५’मा सहभागिता जनाउने खबर पनि चर्चामा छ । स्रोतका अनुसार शोमा श्वेता सिनियर या मेन्टरको भूमिकामा हुनेछिन् ।

श्वेता निकै लामो समय आफ्नो कामलाई लिएर कम र निजी जिन्दगीका कारण बढी चर्चामा आइन् । श्वेताले दोस्रो पति अभिनवसँग झगडा र अलग्गिने खबरले निकै विवाद पैदा गरेको थियो । दुवैले एकअर्कामा गम्भीर आरोप लगाए । अहिले श्वेता निजी जिन्दगीलाई साइडमा राखेर काममा पूर्ण ध्यान दिइरहेकी छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  १ : ३३ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभाका समानुपातिक सांसदलाई आयोगले आज प्रमाणपत्र दिँदै

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई आज प्रमाणपत्र

कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००

रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि