‘हाइपरसोनिक’ क्षेप्यास्त्र प्रक्षेपण गरेको उत्तर कोरियाको दाबी « Khabarhub

‘हाइपरसोनिक’ क्षेप्यास्त्र प्रक्षेपण गरेको उत्तर कोरियाको दाबी


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- उत्तर कोरियाले मङ्गलवार ‘हाइपरसोनिक’ क्षेप्यास्त्रको सफल परीक्षण गरेको जनाएको छ ।

सो क्षेप्यास्त्र हालसालै उत्तर कोरियामा निर्माण भएको उत्तर कोरियाली सरकारी समाचार समिति केसिएनएले जानकारी दिएको हो ।

‘ह्वासङ्-८’ नाम दिइएको नयाँ क्षेप्यास्त्र उत्तर कोरियाको पाँच वर्षे सैन्य विकास योजना अन्तर्गत तयार गरिएका ‘महत्त्वपूर्ण पाँच हतियार’ प्रणाली मध्ये एक भएको सरकारी सञ्चार माध्यमहरूले जनाएका छन्।

उनीहरूले नयाँ क्षेप्यास्त्र ‘रणनीतिक हतियार’ भएको जनाएका छन्। जस अन्तर्गत साधारणतया आणविक क्षमताका हतियारहरू भन्ने बुझिन्छ।

साधारण क्षेप्यास्त्र भन्दा ‘हाइपरसोनिक’ क्षेप्यास्त्रले तीव्र र थप लक्ष्य भेदन गर्न सक्ने क्षमता हुने भएकाले क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट रोक्न कठिन हुने बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  २ : १० बजे

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग