फ्याक्ट चेक : ‘आकस्मिक अवतरण’ गरेको बुद्ध एयरको विमानमा के पूर्वराजारानी सवार थिए ? « Khabarhub

फ्याक्ट चेक : ‘आकस्मिक अवतरण’ गरेको बुद्ध एयरको विमानमा के पूर्वराजारानी सवार थिए ?



काठमाडौँ- गत असोज ११ गते काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको एटिआर जहाज ल्यान्डिङ गियर (पाङ्ग्रा) नखुलेकाले काठमाडौंमा सुरक्षित अवतरण गरिएको थियो ।

जहाजको सुरक्षित अवतरणसँगै सामाजिक सञ्जाल फेसबुक र टिकटकमा पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल शाह उक्त जहाजमा सवार भएकाले ठूलो दुर्घटना नभएको दाबी गर्दै बुद्ध एयरका पाइलट आङ गेलु शेर्पा, विमानस्थल कर्मचारीहरुसँग पूर्व राजारानीको सामूहिक तस्विर सेयर गरिएको छ।

फेसबुकमा करिब ६० हजार सदस्य रहेको ‘राजा ज्ञानेन्द्र King Gyanendra (राष्ट्रभक्त राजा)’ नामक फेसबुक पेजमा विशाल राजभण्डारीले उक्त दाबीका साथ फोटो पोष्ट गरेका छन्। उनले लेखेका छन्, ‘जहाँ राजरानी हुन्छ त्यहाँ भगवानको बास हुन्छ भन्ने सही साबित भयो। आजको बुद्ध एयरमा राजारानी पनि सवार भएर भगवान श्री पशुपति नाथको कृपाले दुर्घटना हुनुबाट जोगियो।’

उक्त पोष्टमा ३००० भन्दा धेरै प्रतिक्रिया आएका छन् भने ४७७ पटक सेयर भएको छ । यस्तै दाबीका साथ अन्य प्रयोगकर्ताले पनि फेसबुक पेजहरुमा सो सामग्री सेयर गरेका छन्। सोही दाबीका साथ फेसबुक प्रयोगकर्ता सन्तोष लिम्बु र आर्यन अलीले पनि उक्त फोटो पोष्ट गरेका छन्।

अर्को लोकप्रिय प्लेटफर्म टिकटकमा पनि यस्तै दाबीसहित बनाइएका भिडियो सेयर भएका छन्। @astro_neeraj15 नामक टिकटक एकाउन्टबाट ‘जहाँ राजा रानी, त्यहाँ पशुपतिको कृपा । फ्लाइटमा राजारानी पनि होइसिन्थ्यो’ भन्ने दाबी गरिएको छ। उक्त भिडियोमा झण्डै २२ हजार प्रतिक्रिया आएका छन् भने ५८ पटक सेयर भएको छ ।

यस्तै अर्का टिकटक प्रयोगकर्ता @dahaltharka ले पनि पूर्वराजारानी उक्त जहाजमा भएको कारणले बुद्ध एयरको विमान ठूलो दुर्घटनाबाट बचेको दाबी गरेका छन्। उक्त टिकटक भिडियोमा १ लाख १७ हजार प्रतिक्रिया आएको छ भने ८०५ पटक सेयर भएको छ।

तथ्य जाँच

साउथ एसिया चेकले सामाजिक सञ्जालमा फैलिएको उक्त तस्विर र दाबीको तथ्य जाँच गरेको छ।

यसक्रममा हामीले विभिन्न अनलाइन प्लेटफर्ममा ‘रिभर्ज इमेज सर्च’ गर्दा भेटिएन । गुगलमा सम्बन्धित किवर्ड टाइप गरेर खोज्दा हामीले बुद्ध एयरको ट्वीटर अकाउन्टमा सामाजिक सञ्जालमा शेयर गरिएको तस्विरसँग मिल्दोजुल्दो तस्विर फेला पार्यौ । बुद्ध एयरको आधिकारिक ट्वीटरबाट २०७५ पुष २ गते पाइलट आङ गेलु शेर्पा, एअरपोर्टका कर्मचारीसँग पूर्वराजारानीको सामूहिक तस्विर  ट्वीट गरिएको पाइयो । बुद्ध एयरले आफ्नो विमानबाट पूर्वराजा दम्पती काठमाडौंबाट पोखरा जाँदै गर्दा खिचिएको तस्विर भएको जनाएको छ ।

हामीले सामाजिक सञ्जालमा सेयर गरिएको तस्विरको स्रोत फेला पार्न सकेनौँ । तर बुद्ध एयरले नै प्रकाशित गरेको तस्विर त्यसैबेला खिचिएका मध्येको एक भएको निष्कर्षमा हामी पुग्यौँ । त्यतिबेला पूर्वराजा र रानीले लगाएको लुगा, क्याप्टन शेर्पा र अन्य कर्मचारीको पोजिसनले सामाजिक सञ्जालमा फैलिएको तस्विर झण्डै तीन वर्ष अघिको हो भनि निर्क्योल गर्न सकिन्छ ।

त्यसैले गत असोज ११ गते काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको विमानमा पूर्वराजारानी चढेको भन्ने दाबी गलत छ । –साउथ एसिया चेकबाट

 

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  २ : २० बजे

भिडियोले विवाद भएपछि सांसद सृष्टिको बाचा, ‘ट्राफिक नियम मान्छु, भविष्यमा यस्तो गर्दिनँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध

सानिगाड हाइड्रोको स्थानीय सेयरमा गम्भीर अनियमितता, सनराइज क्यापिटलसँगको सेटिङमा प्रभावित क्षेत्रबाहिरका व्यक्तिको रजाइँ

काठमाडौं– बझाङ जिल्लाको बुंगल नगरपालिकामा सञ्चालित ३८.४६ मेगावाट क्षमताको माथिल्लो

घरजग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौं– देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा पाँच अर्ब

रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

मस्को– युक्रेनी ड्रोनले मंगलबार मस्कोस्थिततेल प्रशोधन केन्द्रमा प्रहार गर्दा आगलागी