सेयर बजार : ५ अर्बको कारोबार, ५० अंकको वृद्धि « Khabarhub

सेयर बजार : ५ अर्बको कारोबार, ५० अंकको वृद्धि


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सेयर बजारमा सुधारको संकेत देखिएको छ ।

तीन दिनसम्म लगातार ओरालो लागेको सेयर बजारको परिसूचक नेप्से ५०.५८ अंकले बढेको छ । पछिल्लो  वृद्धिसँगै परिसूचक २६ सय ६५ अंकमा पुगेको छ ।

सबै समूहको परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । मंगलबार ५ अर्ब ७४ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ५ अर्ब २ करोडमा सीमित भएको छ ।

आज ९८ लाख ९४ हजार कित्ता धितोपत्र कारोबार भयो । बैंकिङ २०, विकास बैंक १५०, फाइनान्स १०७, होटल तथा पर्यटन ३२, जलविद्युत ११७, लगानी २, जीवन बीमा २१५ र उत्पादन समूह १०३ अंकले बढे। त्यस्तै माइक्रोफाइनान्स समूह ८८, निर्जीवन बीमा २५५, अन्य ४१ र ब्यापार समूह ७५ अंकले बढेका छन् ।

कुल १७३ कम्पनीको मूल्य बढ्यो भने ११ कम्पनीको मूल्य घटेको छ । त्यस्तै २ कम्पनीको मूल्य स्थीर रह्यो ।

भदौ २ गतेयता लगातार गिरावट आएको सेयर बजारमा एकाधबाहेकका अधिकांश कम्पनीमा नोक्सानी बेहोरेकोमा बजार हरियाली भएपछि लगानीकर्ता उत्साहित भएका छन् ।

भदौ २ गते नेप्सेले कीर्तिमानी ३१ सय ९८ अंक कायम गरेपछि ऋण खोजेर लगानी गरेका लगानीकर्ता निराश थिए ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ३ : ५६ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र