राष्ट्रिय भलिबल : हेल्प नेपाल र पुलिस क्वार्टरफाइनलमा प्रवेश « Khabarhub

राष्ट्रिय भलिबल : हेल्प नेपाल र पुलिस क्वार्टरफाइनलमा प्रवेश


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- छैटौँ संस्करणको महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ हेल्प नेपालले गल्कोट स्पोर्टस क्लबलाई पराजित गर्दै क्वार्टरफाइलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा हेल्प नेपालले गल्कोट स्पोर्टस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै क्वार्टरफाइलनमा प्रवेश गरेको हो । यस जीतसँगै हेल्प नेपाल समूह ‘ए’ को विजेता समेत बन्यो ।

हेल्प नेपालले गल्कोटमाथि २५–१८, २२–२५, २५–२२ र २५–१९ को सेटमा पराजीत गर्‍यो । यस जीतसँगै हेल्प नेपालले तीन खेलमा ९ अङ्क बटुल्यो ।

हेल्प नेपालले यसअघि प्रदेश–२ र वाग्मती प्रदेशलाई पराजीत गरेको थियो । त्यस्तै पराजीत गल्कोट समूह उपविजेता बन्दै क्वार्टरफाइनलमा पुगेको छ । गल्कोटले ३ खेलमा ६ अङ्क जोड्यो । यस समूहबाट वाग्मती प्रदेश र प्रदेश–२ भने प्रतियोगिताबाट बाहिरिएको छ ।

त्यस्तै आजै भएको पुरुषतर्फको अर्को खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ३–० को सेटमा पराजीत गर्दै समूह ‘बी’ को विजेता बनेको छ । पुलिसले गण्डकी प्रदेशलाई पहिलो सेट २५–१४, दोस्रो सेट २५–१४ र तेस्रो तथा अन्तिम २५–१८ को सेटमा पराजित गर्दै क्वाटरफाइलमा प्रवेश गर्न सफल भयो । जीतसँगै पुलिसले ३ खेलमा ९ अङ्क जोड्यो ।

त्यस्तै पाँच अङ्क जोडेको गण्डकी प्रदेश उपविजेता बन्दै क्वाटरफाइनलमा पुग्यो । नेपाल भलिबल सङ्घले आयोजना गरेको उक्त प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ ।

महिला तथा पुरुष विजेता टोलीले समान चार लाख पाउनेछन् भने उपविजेताले रु दुई लाख तथा तेस्रो हुने टोलीले रु एक लाख प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ८ : ४५ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका