स्पेनका सभामुखको टोलीद्वारा दरबार स्क्वायर क्षेत्रको अवलोकन « Khabarhub

स्पेनका सभामुखको टोलीद्वारा दरबार स्क्वायर क्षेत्रको अवलोकन


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल भ्रमणमा रहेका स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वको २४ सदस्यीय टोलीले भक्तपुर नगर क्षेत्रको स्थलगत अवलोकन गरेको छ । वाग्मती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आएका उनीहरु बिहीबार साँझ विश्वसम्पदा सूचिकृत भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन गरेका हुन् ।

उनीहरुले भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी र प्रदेश सभासद् सुरेन्द्ररान गोसाईले दरबार क्षेत्रको प्रवेशद्धारमा स्वागत गरेका थिए । नगरपालिकाको टोलीले उनीहरुलाई पुष्पगुच्छा, भादगाउँले टोपी, खादा, परम्परागत थैली र जुजु धौं प्रदान गरी स्वागत गरेका हुन् ।

भ्रमणका क्रममा स्पेनको संसदीय दलका सभामुख ब्लान्का मार्टिन डेल्गाडो सम्मिलित प्रतिनिधिमण्डलले भक्तपुरका सांस्कृतिक, पुरातात्विक एवम् ऐतिहासिक सम्पदाको अभिरुचिपूर्वक अवलोकन गरेका छन् । नगर प्रमुख प्रजापतिले बागमती प्रदेशसभाका सभामुख, उपसभामुख र भक्तपुर जिल्लाका माननीय सांसद र स्पेनिस संसदीय प्रतिनिधिमण्डल टोलीलाई भक्तपुर दरबार क्षेत्रमा अवस्थित सो क्षेत्रको अवलोकन गराएका थिए ।

भ्रमण टोलीले भक्तपुर दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला संग्रहालय, स्वर्णद्वार, पचपन्न झ्याल दरबार, सिद्धिलक्ष्मी मन्दिर, यक्षेश्वर महादेव मन्दिर, सिलु महादेव मन्दिर र चर्तुब्रम्ह महाविहार अवलोकन गर्दै टौमढी क्षेत्रको पाँचतले मन्दिर, भैरवनाथ मन्दिरको स्थलगत अवलोकन गरे।

प्रमुख प्रजापतिले सभामुख डेल्गाडोसहितको प्रतिनिधिमण्डल टोलीलाई ‘मयुरको झ्याल’ र नगरपालिकाका प्रकाशनहरु मायाको चिनो उपहार प्रदान गरेका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ७ : ५९ बजे

पूर्वसञ्चारमन्त्रीको गाउँमा टेलिफोनको टावर ल्याइदिने अजयबाबुको प्रतिबद्धता 

चरीकोट– नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीले पूर्वसञ्चारमन्त्री एवं एमालेका हालका

बङ्गलादेशका भावी प्रधानमन्त्री रहमान र सांसदहरूले लिए शपथ

एजेन्सी– बङ्गलादेशका भावी प्रधानमन्त्री तारिक रहमान र सांसदहरूले मंगलबार संसद्को

ऊर्जा विकास र वातावरण संरक्षणबीच सहकार्य सुदृढ गर्न दुई मन्त्रालयबीच बैठक

काठमाडौं– वन तथा वातावरण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ

स्वास्थ्यका लागि निकै लाभदायक र बहुगुणी खाद्यान्न मेथी 

काठमाडौं– मेथी स्वास्थ्यका लागि निकै लाभदायक र बहुगुणी खाद्यान्न हो

न्यूजील्याण्ड सुपर–८ प्रवेश : क्यानाडालाई ८ विकेटले हरायो

नयाँदिल्ली- न्यूजील्याण्डले टी–२० विश्वपको ३१औँ खेलमा क्यानाडालाई ८ विकेटले पराजित