टी-२० विश्वकप: आज वेस्ट इन्डिज र बंगलादेश तथा पाकिस्तान र अफगानिस्तान भिड्दै « Khabarhub

टी-२० विश्वकप: आज वेस्ट इन्डिज र बंगलादेश तथा पाकिस्तान र अफगानिस्तान भिड्दै


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी टी-२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछ ।

शुक्रबार शारजाहमा हुने पहिलो खेलमा वेस्ट इन्डिज र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

साविक विजेता वेस्ट इन्डिज र बंगलादेश आज पहिलो जितको खोजीमा हुने छन् । दुबै टोलीले अघिल्ला दुई खेल गुमाएका थिए ।

यस्तै दोस्रो खेलमा पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । पाकिस्तान र अफगानिस्तानबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ । आज पाकिस्तान लगातार तेस्रो जितको खोजीमा हुनेछ । पाकिस्तानले अघिल्ला दुई खेलमा जित निकालेको थियो ।

पाकिस्तान दुई खेलमा ४ अंक जोडेर समूह २ को शीर्ष स्थानमा छ । अफगानिस्तान भने दोस्रो जितको खोजीमा हुनेछ । अफगानिस्तान एक खेलमा २ अंक जोडेर दोस्रो स्थानमा छ ।

सुपर-१२ को समूह-१ मा इंग्ल्यान्ड दुई खेलमा दुई जितका साथ ४ अंक जोड्दै शीर्षस्थानमा छ । अष्ट्रेलियाकाे दुई खेलमा समान ४ अंक भए पनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

समूह बी मा पाकिस्तान दुई खेलमा दुई जितका साथ शीर्षस्थानमा छ । अफगानिस्तान एक खेलमा एक जितका साथ दोस्रो स्थानमा छ । नामिबिया एक खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । अंकविहीन न्युजिल्यान्ड चौथो, भारत पाँचौं र स्कटल्यान्ड पुछारमा छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  १२ : ४० बजे

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले