आगामी शैक्षिक सत्रबाट कक्षा ४, ५, ९ र १० मा नयाँ पाठ्यक्रम लागु हुने « Khabarhub

आगामी शैक्षिक सत्रबाट कक्षा ४, ५, ९ र १० मा नयाँ पाठ्यक्रम लागु हुने


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी २०७९ सालको शैक्षिक सत्रबाट कक्षा ४, ५,९ र १० मा नयाँ पाठ्यक्रम लागु हुने भएको छ ।

बिहीबार शिक्षा मन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को ८९ औँ बैठकले आगामी वर्षबाट नयाँ पाठ्यक्रम लागु गर्ने निर्णय गरेको हो ।

हाल देशभरका विभिन्न २८ वटा विद्यालयमा नयाँ पाठ्क्रम परीक्षण भइरहेको र उक्त पाठ्क्रमलाई आगामी वर्षबाट देशभरका सबै विद्यालयमा एक साथ लागु गर्ने पाठ्क्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले बताए ।

त्यस्तै आगामी शैक्षिक सत्रबाट प्राविधिक शिक्षातर्फ कक्षा ९ देखि १२ मा पनि नयाँ पाठ्यक्रम कार्यान्वयन गरिने उनले बताए ।

त्यस्तै मदरसामा अनिवार्य विज्ञान तथा प्रविधि विषयको सट्टामा दिनियात विषय अध्ययन गर्न पाउने निर्णय बैठकले गरेको छ ।

मदरसाका विद्यार्थीले विज्ञान तथा प्रविधि विषय अध्ययन गर्न नचाहेकोले कक्षा ६ देखि १० सम्ममा दिनियात पढ्न दिने निर्णय बैठकले गरेको उनले बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  १२ : ५२ बजे

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब

प्रतिनिधिसभा निर्वान : देशभर १० हजार ९६७ मतदान स्थल कायम

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य