प्रचण्डले भने: चितवनमा महाभारतको लडाइँ हुँदैछ, कौरव कि पाण्डवलाई जिताउने फैसला जनताको « Khabarhub

प्रचण्डले भने: चितवनमा महाभारतको लडाइँ हुँदैछ, कौरव कि पाण्डवलाई जिताउने फैसला जनताको


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलले चितवनका जनताले फेरि आफूलाई नै जिताएर पठाउने दाबी गरेका छन् ।

आज बिहान भरतपुरमा आयोजित चार्डपर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रचण्डले चितवनमा अब महाभारतको लडाइँ हुने भन्दै जित कौरव कि पाण्डवको भन्ने फैसला जनताले गर्ने बताए ।

उनले भने, ‘चितवनमा फेरि एक पटक महाभारत हुँदैछ, चितवन कुरुक्षेत्र बन्दैछ । तर यसपटकको लडाइँ हिंसात्मक हुँदैन, राजनीतिक लडाइँ लडेर निरंकुश प्रवृत्तिलाई बडारेर फाल्ने मन छ।’

उनले अबको क्षण ऐतिहासिक हुने दाबी गर्दै सम्पूर्ण फैसला जनताले नै गर्ने बताए ।

उनले भने, ‘जनताले जित्ने कि जनताका बैरीले जित्ने भन्ने फैसला चितवनबाट हुँदैछ । कौरवलाई जिताउने कि पाण्डवलाई त्यसको फैसला तपाईँहरूले गर्ने हो । ऐतिहासिक क्षणमा आफ्नो ताकत राम्रैसँग देखाउनुपर्छ।’

अध्यक्ष प्रचण्डले आफुले आगामी निर्वाचन चितवनबाटै लड्ने भनाइ दोहोर्‍याए । एमालेले बुटवलमा गर्न लागेको महाधिवेशन चितवनमा सारेको विषयलाई चुनवासँग जोड्दै प्रचण्डले आफुलाई हराउने उद्देश्यले एमालेले महाधिवेशनस्थल सारेपनि त्यसबाट फरक नपर्ने बताए ।

राम, सीताको विषय उठाउँदा त्यसबाट पार नलागेपछि केपी शर्मा ओलीले एकपटक आफूमाथि प्रहार गर्न महाधिवेशन चितवन सारेको उनको आरोप छ ।

प्रचण्डले भने, ‘एमालेले चितवनमा महाधिवेशन गर्ने भएपछि अब प्रचण्ड भाग्छ र बर्दिया जान्छ कि कालिकोट जान्छ भनेर काठमाडौँमा भनियो । मैले अस्ति पनि भनेँ, म कही जान्न । म चितवन छोड्दिनँ । म भाग्ने मान्छे हुँदै होइन ।’

उनले आगामी निर्वाचनमा माओवादी ठूलो शक्ति बनेर उदाउने दाबी पनि गरे। केही मान्छेले माओवादीलाई परास्त नगरेसम्म यो देशमा केही पनि हुँदैन भन्न थालेकोले कार्यकर्ता सजक र सचेत हुने बेला आएको बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  १ : ०१ बजे

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब

प्रतिनिधिसभा निर्वान : देशभर १० हजार ९६७ मतदान स्थल कायम

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य