गुलाव मिठाई सुन्धारालाई २ लाख रुपैयाँ जरिवाना « Khabarhub

गुलाव मिठाई सुन्धारालाई २ लाख रुपैयाँ जरिवाना


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गुलाब मिठाई सुन्धारालाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

सालिमार हस्पिटालिटी एण्ड फुड प्रालिका नाममा दर्ता भएर सहरका विभिन्न ठाउँमा गुलाब ब्राण्डका मिठाई उत्पादन तथा बिक्री हुँदै आएको छ ।

आज काठमाडौँ महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको गरेको अनुगमनका क्रममा उक्त मिठाइ पसललाई जरिवाना गरिएको हो ।

पसलको भान्छामा म्याद सकिएका रङ्, अन्य कम्पनीले उत्पादन गरेका खाद्यबस्तुमा आफ्नो लेवल र आफूले उत्पादन गरेका खाद्यबस्तुमा भारतीय कम्पनीको लेवल राखेको, उत्पादन मिति उल्लेख नभएका पेय विक्री गरेको पाइएको थियो ।

यस अघि अनुगमन टोलीले नयाँ सडकमा रहेको पसलको पनि निरीक्षण गरेको थियो ।

त्यस क्रममा उत्पादन मिति उल्लेख नभएका चिउराका बोराहरु फेला पारेको थियो । अनुचित व्यापारिक क्रियाकलाप भएकोले जरिवाना तिराउनु परेको हो ।

निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले जानकारी दिँदै भने, ‘यसअघि दिइएका निर्देशनको पालना गर्ने वा त्यसका लागि तत्परता नदेखिएपछि जरिवाना तिराएका हौँ ।’

यस अघि ०७६ कार्तिक ८ गते महानगरले यही ठाउँमा गएर गलत भएका ठाउँहरु देखाउँदै सुधार गर्न भनेको थियो ।

त्यसबेला तिहारका लागि मिठाइ प्याकिङ् गरेर दिइने बक्सहरु भुँइमा राखेर पट्याउने काम भइरहेको थियो । यसरी बक्स बनाउन खटिएका कर्मचारीहरु भुँइमा पलेँटी कसेर बसेका थिए । उनीहरुका अगाडि बक्स र कागजको थुप्रो थियो ।

उनीहरुले जुत्ता लगाएका थिए तर हातमा पञ्जा, सरीरमा एप्रोन तथा टाउको छोप्ने कुनै सामान प्रयोग गरेका थिएनन् । गुलाबको पहिलो तलामा मिठाइ बनाउने काम गरिरहेका कामदारहरु खाली हातले लड्डु बनाइरहेका थिए । छेउमा ठूला ठूला भाँडामा लालमोहन र रसबरी राखिएको थियो ।

तेस्रो तला राखिएका सामानहरु हेर्दा दुगड कम्पनीबाट उत्पादन भएका १ किलोग्रामका १० वटा म्याद गुज्रेका बेसनका प्याकेट भेटिएका थिए । अर्को तलामा भण्डारको छेउ अँध्यारो कुनामा आधा बोरामा कीरा परेको २६ किलो बेसन थियो ।

यसरी भेटिएका सामान नष्ट गर्दै अनुगमन टोलीले सुधार गर्नु भनेको थियो । ‘गुलाबमा भेटिएका सामाग्री खाद्य सुरक्षाका कोणबाट गम्भीर असर पुर्‍याउन सक्ने खालका हुन्’ अनुगमनमा पुगेका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक कौशल ओझा बताउँछन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  १ : २६ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपत्र छपाइ सकियो

भक्तपुर– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

मकै पोलेर आम्दानी

मोरङ– बेलबारी नगरपालिका–८ राधानगरकी प्रमिला राईले विगत सात वर्षदेखि पूर्वपश्चिम

गण्डकीका १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने

गण्डकी– यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

गाँजासहित दुई जना पक्राउ

सुनसरी– धरान उपमहानगरपालिका–२० बरडाँडाबाट ९५५ किलोग्राम (केजी) गाँजासहित दुई जनालाई

काठमाडौंमा माघमा ९७६ अपराधका मुद्दा दर्ता

काठमाडौं– काठमाडौं जिल्लामा गत माघ महिनामा ९७६अपराधका मुद्दा दर्ता भएका