चांगन अटोले नेपालमा दियो भविष्यमा भित्रिने आफ्नो गाडीहरुको एक झलक « Khabarhub

चांगन अटोले नेपालमा दियो भविष्यमा भित्रिने आफ्नो गाडीहरुको एक झलक


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धेरै प्रतिक्षा पछि, चीनको नंबर १ प्यासेन्जर ब्रान्ड, चांगन अटो , अन्ततः नेपाली बजारमा आफ्नो विभिन्न प्रिमियम गाडीहरु प्रस्तुत गर्दैछ। सबै अटोमोबाइल उत्साहीहरुका लागी प्रतीक्षा लगभग समाप्त हुन गइरहेको छ। कम्पनीले २ वर्षभित्र ५ वटा उत्कृष्ट गाडीहरु सार्वजनिक गर्दैछ ।

चांगन अटोले आफ्नो प्रीमियम सेडान, “एल्सभीन” को आगमन संगै आफ्नो यात्रा नेपालमा सुरु गर्नेछ। यस गाडीमा प्रयोगकर्ताहरुले लक्जरी, आराम, र कार्यक्षमताको मिश्रणको अनुभव गर्नुहुनेछ। १.४ लि. ब्लू कोर इन्जिन द्वारा संचालित, एल्स्भिन ७-इन्च फ्लोटिंग इन्फोटेनमेन्ट टच स्क्रीन प्रणालीसंग आउँछ।

एल्सभीनपछि, एक प्रीमियम लाइफस्टाइल पिक अप , “हंटर”, नेपाली सडकमा अनुग्रह हुन गइरहेको छ। हन्टरमा उच्च शक्ति र प्रदर्शनको साथसाथै बाहिरी र भित्री आकर्षक डिजाइनहरू पाउन सकिन्छ। हन्टरमा २३० एम.एमको ग्राउन्ड क्लियरेन्स हुनेछ जसले गर्दा यसलाई पूर्ण अफ-रोडर बनाउँछ। एल्स्भिन र हन्टर २०२१ मा नेपाली सडकमा आउनेछन् ।

२०२२ वर्षको सुरुवात लक्जरी ऐसयुवि , “ओशान एक्स ७” को लन्चसंग हुनेछ। ओशान एक्स ७ सुविधाहरू र विलासिताको मिश्रण हुनेछ। यसपछि मध्यम आकारको स्टाइलिश एस.यू.भी, “सीऐस ३५ प्लस ” लन्च गरिनेछ। सीएस ३५ प्लसले गुणस्तर डिजाइन संगै आरामदायक ड्राइभिंग अनुभव पनि प्रदान गर्दछ।

२०२२, एक उच्च एस्. यु. भी “युनि-टि” को आगमन संग समाप्त हुनेछ । यस गाडीमा प्रयोगकर्ताहरूलाई भविष्यको डिजाइनका साथ, अद्भुत अनुभूति दिनका लागि आवश्यक पर्ने कुराहरू छन्। युनि-टि उत्कृष्ट ड्राइभिङ सहायता प्रदान गर्ने लेभल ३ स्वायत्त ड्राइभिङ सुविधासँग आउनेछ। यदि कसैले रमणीय डिजाइन, उच्च-अन्तको टेक्नोलोजी, र आरामदायी ड्राइभिङ खोज्दै हुनुहुन्छ भने, युनि-टि सबैभन्दा राम्रो विकल्प हुन सक्छ।

२०२२ सालको अन्त्यसम्म, चांगन अटोले ५ विभिन्न प्रिमियम सेग्मेन्ट्सका गाडीहरु नेपालमा उपलब्ध गराउने उल्लेख गरेको छ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  २ : ५५ बजे

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले