नेपाल बार परिसरमा कानुन व्यवसायीबीच हानाहान (भिडियोसहित) « Khabarhub

नेपाल बार परिसरमा कानुन व्यवसायीबीच हानाहान (भिडियोसहित)

बार गैर संवैधानिक भएको आरोप


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एसोसिएसन परिसरमा कानुन व्यवसायीहरूबीच हात हालाहाल भएको छ ।

सर्वोच्चको इजलासका बिषयमा विवाद हुँदा अधिवक्ता भूमिनन्द चुडाल र कानुन व्यवसायी विराट न्यौपानेबीच हात हालाहाल भएको हो ।

उनीहरुबीचको झगडा थप बढ्न थालेपछि बारमा रहेका कानून व्यवसायीहरुले छुट्याउनुपरेको थियो ।

कानुन व्यवसायी विराट न्यौपानेले आफुले हातपात गरेको र जिम्मा आफुले लिने बताए । उनले भने, ‘दलाललाई हिर्काइन्छ अब केही फरक पदैन् । यो झगडा गरेको हैन नैसियत मात्र हो । यो तपाईंहरुले भन्दा हातपात भयो भन्नु हुन्छ होला तर, बदमासी गर्नेलाई जसले पनि यही गर्छ ।’

यता अधिवक्ता भूमिनन्द चुडालले बार गैरसंवैधानिक भएको आरोप लगाए । उनले प्रधानन्याधीशलाई कसैले हटाउन नसक्ने पनि बताए । बार निकट व्यक्तिहरुले आफुहरुलाई अन्याय गरेको उल्लेख गर्दै उनले आफुलाई कुट्दा पनि बार हेरेर मात्र बसेको बताए ।

चुडालले कानूनी प्रक्रियामा जाने बताएका छन् । उनका अनुसार मिडियालाई अन्तरवार्ता दिइरहेका बेला न्यौपानेले कुटपिट गरेका हुन् ।

‘मैले इजलास नचल्दा सेवाग्राहीलाई सास्ती भयो भनेर अन्तर्वार्ता दिइरहेको थिएँ,’ उनले भने, ‘एक्कासि ममाथि कुटपिट भयो, बारकै इशारामा कुटपिट भएको आशंका छ ।’

चुडालले इजलास चल्नुपर्नेमा जोड दिँदै न्यायालय बन्धक हुँदा अधिवक्ता समस्यामा परेको बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ३ : ०९ बजे

गण्डकीका १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने

गण्डकी– यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

गाँजासहित दुई जना पक्राउ

सुनसरी– धरान उपमहानगरपालिका–२० बरडाँडाबाट ९५५ किलोग्राम (केजी) गाँजासहित दुई जनालाई

काठमाडौंमा माघमा ९७६ अपराधका मुद्दा दर्ता

काठमाडौं– काठमाडौं जिल्लामा गत माघ महिनामा ९७६अपराधका मुद्दा दर्ता भएका

अध्यक्ष ओलीले आज चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै

झापा – नेकपा (एमाले)का अध्यक्ष एवं झापा ५ का उम्मेद्वार

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ ।