कुटाइ खाएका वकिलले भने- राजतन्त्रको खम्बा हो हाम्रो प्रधानन्यायाधीश (भिडियोसहित) « Khabarhub

कुटाइ खाएका वकिलले भने- राजतन्त्रको खम्बा हो हाम्रो प्रधानन्यायाधीश (भिडियोसहित)


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल बार एशोसिएन परिषरभित्रै कुटाकुटपछि अभिवक्ता भूमिनन्द चुडालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा रातन्त्रको खम्बा भएको बताएका छन् ।

चुडालले बार गैरसंवैधानिक भएको आरोप लगाउँदै प्रधानन्याधीश जबरालाई कसैले हटाउन नसक्ने पनि बताए । बार निकट व्यक्तिहरुले आफूहरुलाई अन्याय गरेको उल्लेख गर्दै उनले आफूलाई कुट्दा पनि बार रमिता हेरेर बसेको बताए ।

उनले यो व्यबस्थाको अन्त्य गर्न आफू  रगत बगाउँन तयार रहेको बताउँदै भने,’ राजतन्त्र आउँनैपर्छ, राजतन्त्र नल्याई छोड्दै छोड्दीन ।’

चुडालले कानूनी प्रक्रियामा जाने बताएका छन् । उनका अनुसार मिडियालाई अन्तरवार्ता दिइरहेका बेला न्यौपानेले कुटपिट गरेका हुन् ।

‘मैले इजलास नचल्दा सेवाग्राहीलाई सास्ती भयो भनेर अन्तर्वार्ता दिइरहेको थिएँ,’ उनले भने, ‘एक्कासि ममाथि कुटपिट भयो, बारकै इशारामा कुटपिट भएको आशंका छ ।’  चुडालले इजलास चल्नुपर्नेमा जोड दिँदै न्यायालय बन्धक हुँदा अधिवक्ता समस्यामा परेको बताए ।

उनले यो अभिव्यक्ति दिन अघि अर्का अधिवक्ता विराट न्यौपानेसँग हात हालाहाल भएको थियो ।

भिडियोमा हेर्नुहोस् हालहाल

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ३ : ५० बजे

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश