कुटाइ खाएका वकिलले भने- राजतन्त्रको खम्बा हो हाम्रो प्रधानन्यायाधीश (भिडियोसहित) « Khabarhub

कुटाइ खाएका वकिलले भने- राजतन्त्रको खम्बा हो हाम्रो प्रधानन्यायाधीश (भिडियोसहित)


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल बार एशोसिएन परिषरभित्रै कुटाकुटपछि अभिवक्ता भूमिनन्द चुडालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा रातन्त्रको खम्बा भएको बताएका छन् ।

चुडालले बार गैरसंवैधानिक भएको आरोप लगाउँदै प्रधानन्याधीश जबरालाई कसैले हटाउन नसक्ने पनि बताए । बार निकट व्यक्तिहरुले आफूहरुलाई अन्याय गरेको उल्लेख गर्दै उनले आफूलाई कुट्दा पनि बार रमिता हेरेर बसेको बताए ।

उनले यो व्यबस्थाको अन्त्य गर्न आफू  रगत बगाउँन तयार रहेको बताउँदै भने,’ राजतन्त्र आउँनैपर्छ, राजतन्त्र नल्याई छोड्दै छोड्दीन ।’

चुडालले कानूनी प्रक्रियामा जाने बताएका छन् । उनका अनुसार मिडियालाई अन्तरवार्ता दिइरहेका बेला न्यौपानेले कुटपिट गरेका हुन् ।

‘मैले इजलास नचल्दा सेवाग्राहीलाई सास्ती भयो भनेर अन्तर्वार्ता दिइरहेको थिएँ,’ उनले भने, ‘एक्कासि ममाथि कुटपिट भयो, बारकै इशारामा कुटपिट भएको आशंका छ ।’  चुडालले इजलास चल्नुपर्नेमा जोड दिँदै न्यायालय बन्धक हुँदा अधिवक्ता समस्यामा परेको बताए ।

उनले यो अभिव्यक्ति दिन अघि अर्का अधिवक्ता विराट न्यौपानेसँग हात हालाहाल भएको थियो ।

भिडियोमा हेर्नुहोस् हालहाल

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ३ : ५० बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट