वाग्मती प्रदेशका मुख्य न्यायाधिवक्ता थपलिया दिए राजीनामा | Khabarhub Khabarhub

वाग्मती प्रदेशका मुख्य न्यायाधिवक्ता थपलिया दिए राजीनामा


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाग्मती- वाग्मती प्रदेशका मुख्य न्यायाधिवक्ता ओमप्रकाश थपलियाले पदबाट राजीनामा दिएका छन् ।

उनले वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा दिएका हुन् ।

नेकपा (एमाले)ले वाग्मती प्रदेशको नेतृत्व गर्दा मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थपलियाले प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएपछि राजीनामा दिएका हुन् ।

एमाले संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि थपलियाले पनि राजीनामा दिएका हुन् । विसं २०७६ साउन १२ गते तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको सिफरिसमा उनी मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए ।

मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको कानूनी सल्लाहकार हुने व्यवस्था छ । उनले आफूले पाएको जिम्मेवारी प्रभावकारीरुपमा पूरा गरेको बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ४ : २१ बजे

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै