वाग्मती प्रदेशका मुख्य न्यायाधिवक्ता थपलिया दिए राजीनामा « Khabarhub

वाग्मती प्रदेशका मुख्य न्यायाधिवक्ता थपलिया दिए राजीनामा


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाग्मती- वाग्मती प्रदेशका मुख्य न्यायाधिवक्ता ओमप्रकाश थपलियाले पदबाट राजीनामा दिएका छन् ।

उनले वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा दिएका हुन् ।

नेकपा (एमाले)ले वाग्मती प्रदेशको नेतृत्व गर्दा मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थपलियाले प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएपछि राजीनामा दिएका हुन् ।

एमाले संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि थपलियाले पनि राजीनामा दिएका हुन् । विसं २०७६ साउन १२ गते तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको सिफरिसमा उनी मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए ।

मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको कानूनी सल्लाहकार हुने व्यवस्था छ । उनले आफूले पाएको जिम्मेवारी प्रभावकारीरुपमा पूरा गरेको बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ४ : २१ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय