राजीनामा दिन प्रधानन्यायाधीशलाई बार एशोसिएसनको पाँच दिने अल्टिमेटम (भिडियो) | Khabarhub Khabarhub

राजीनामा दिन प्रधानन्यायाधीशलाई बार एशोसिएसनको पाँच दिने अल्टिमेटम (भिडियो)

आन्दोलनका कार्यक्रम घोषणा


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेपाल बारको शुक्रबार बसेको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको हो ।

बारले प्रधानन्यायाधीश राणासँग अब इजलासबाट कुनै पनि फैसला, निर्णय र आदेश नगर्न माग गरेको छ । बारले यही कात्तिक १४, १५, १६ र १७ गते हातमा कालो पट्टी बाँधेर सर्वोच्च अदालत अगाडि प्रदशन गर्ने निर्णय गरेको छ ।

यस्तै १६ गते धर्ना दिने, देशका ९० वटै बार इकाइसँग छलफल गर्ने, बारका निर्णयहरु सबै इकाइमा परिपत्र गर्ने निर्णय पनि गरिएको छ ।

बारले यति हुँदा पनि प्रधानन्यायाधीशले राजीनामा नदिए थप आन्दोलन गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ४ : ५२ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड