काठमाडौँ– चीनको नम्बर एक मानिने प्यासेन्जर ब्रान्ड, चांगन अटोले नेपाली बजारमा आफ्नो विभिन्न प्रिमियम गाडीहरू प्रस्तुत गर्ने भएको छ । सबै अटोमोबाइल उत्साहीहरूका लागि उक्त ब्रान्डको प्रतीक्षा समाप्त हुन लागेको चांगन अटोले जनाएको छ ।
उक्त कम्पनीले २ वर्षभित्र ५ वटा उत्कृष्ट गाडीहरू सार्वजनिक गर्ने भएको छ ।
चांगन अटोले आफ्नो प्रिमियम सेडान र एल्सभिनुको आगमनसँगै आफ्नो यात्रा नेपालमा सुरु गर्ने भएको छ । यस गाडीमा प्रयोगकर्ताहरूले लक्जरी, आराम र कार्यक्षमताको मिश्रणको अनुभव गर्ने जनाइएको छ ।
कम्पनीका अनुसार १.४ लि. ब्ले कोर इन्जि द्वारा संचालित, एल्स्भिन ७ (इन्च फ्लोटिङ इन्फोटेनमेन्ट टच स्क्रिन प्रणालीसँग आउनेछ ।
एल्सभिनपछि एक प्रीमियम लाइफस्टाइल पिक अप, ‘हन्टर’, नेपाली सडकमा आउन लागेको छ । हन्टरमा उच्च शक्ति र प्रदर्शनको साथसाथै बाहिरी र भित्री आकर्षक डिजाइनहरू छन् । हन्टरमा २३० एम.एमको ल्यादेन ग्राउन्ड क्लियरेन्स हुनेछ जसले यसलाई पूर्ण अफ–रोडर बनाउँछ । एल्स्भिन र हन्टर सन् २०२१ मै नेपाली सडकमा आउनेछन् ।
सन् २०२२ को सुरुवात लक्जरी एसयुबी ‘ओशान एक्स ७’ को लन्चसँग हुनेछ । ओशान एक्स ७ सुविधाहरू र विलासिताको मिश्रण हुनेछ । यसपछि मध्यम आकारको स्टाइलिस एस.यू.भी ‘सीएस ३५ प्लस’ लन्च हुनेछ। सीएस ३५ प्लसले गुणस्तर डिजाइनसँगै आरामदायक ड्राइभिङ अनुभव पनि प्रदान गर्नेछ ।
सन् २०२२ एक उच्च एस.यु. भी. ‘युनि–ती’ को आगमनसँगै समाप्त हुनेछ । कम्पनीका अनुसार यस गाडीमा प्रयोगकर्ताहरूलाई भविष्यको डिजाइनका साथ अद्भुत अनुभूति दिन आवश्यक तत्वहरू रहेको जनाइएको छ । युनि–टी उत्कृष्ट ड्राइभिङ सहायता प्रदान गर्ने लेभल ३ स्वायत्त ड्राइभिङ सुविधासँग आउनेछ ।
सन् २०२२ सालको अन्त्यसम्म चांगन अटोले ५ विभिन्न प्रिमियम सेग्मेन्ट्सका गाडीहरू नेपालमा उपलब्ध गराउने उल्लेख गरेको छ ।
प्रतिक्रिया