महिला एसिया कप : नेपाललाई ७ विकेटले हराउँदै भारत सेमिफाइनलमा « Khabarhub

महिला एसिया कप : नेपाललाई ७ विकेटले हराउँदै भारत सेमिफाइनलमा


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगितामा भारत सेमिफाइनलमा प्रवेश गरेको छ।

मंगलबार बिहान सम्पन्न खेलमा नेपाललाई ७ विकेटले हराउँदै भारत सेमिफाइनल प्रवेश गरेको हो। सुरुमा ब्याटिङ गरेको नेपालले भारतलाई ७९ रनको चुनौती दिएको थियो। थाइल्यान्डको बैंकस्थित मनकोक मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले
१८ ओभर खेल्दा सबै विकेट गुमाएर ७८ रन बनाएको थियो।

७९ रनको लक्ष्य भारतले सात ओभर ४ बलमा तीन विकेट गुमाएर ८२ रन बनाउँदै भेट्टाएको हो। भारतका लागि दिनेश वृन्दले नटआउट ३९ रन बनाइन्। नेपालका लागि मनिषा उपाध्याय, अनु कठायत र सीता रानामगरले एकएक विकेट हात पारे ।

सुरुमा ब्याटिङ गरेको नेपालका लागि सम्झना खड्काले सर्वाधिक २२ रन बनाउँदा रुबि पोदार र सम्झना खड्काले समान १२–१२ रन जोडेका थिए।

नेपाललाई सस्तैमा समेट्न भारतका तनुजा कुँवरले चार विकेट लिइन् भने मिन्नु मणिले तीन विकेट हात पारिन्।

पहिलो खेलमा यूएईसँग १८ रनले पराजित भएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ३० रनले पराजित भएको थियो। भारतसँगको सात विकेटको हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरएको छ।

राइजिङ स्टार्स एसियन कपको समूह ‘ए’ मा नेपालसहित पाकिस्तान र भारतको ‘ए’ टिम तथा यूएई रहेका छन्। समूह ‘बी’ मा बङ्गलादेश ‘ए’, श्रीलंका ‘ए’, मलेसिया र आयोजक थाइल्यान्ड छन्।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  १० : ३८ बजे

वीरगञ्जका मेयर सिंहलाई चार लाख १५ हजार धरौटी लिएर रिहा गर्न आदेश

वीरगञ्ज- लिखतसम्बन्धी र दुईवटा विवरण पेश गरी नागरिकता लिएको कसुरमा

एल निनोको असर फरक–फरक हुने चेतावनी

जेनेभा– संयुक्त राष्ट्रसङ्घअन्तर्गतको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) का जलवायु

उजुरी परेपछि रास्वपाको निर्वाचन प्रक्रिया स्थगित, विभिन्न स्थानको अधिवेशन रोक्न निर्देशन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले आन्तरिक

नेप्से परिसूचक २२.२१ अंकले उकालो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने

संयुक्त राष्ट्रसङ्घद्वारा गाजा पट्टीमा जारी इजरायली आक्रमणको निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार कार्यालयले गाजा पट्टीमा भएको