तुलसीपुर र वीरेन्द्रनगरको विजयी सुरुआत, गोकर्णेश्वर रोकियो « Khabarhub

तुलसीपुर र वीरेन्द्रनगरको विजयी सुरुआत, गोकर्णेश्वर रोकियो


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेयर कप महिला राष्ट्रिय लिग छनोट खेलमा तुलसीपुर र वीरेन्द्रनगरले विजयी सुरुआत गर्दा गोकर्णेश्वर भने बराबरीमा रोकिएको छ ।

शुक्रबार एन्फा मैदानमा भएको खेलमा जीत निकाल्दै तुलसीपुर उपमहानगरपालिका र वीरेन्द्रनगर नगरपालिकाले प्रतियोगितामा सुरुआती खेल जित्दा गोकर्णेश्वर नगरपालिका भने पहिलो खेलमै रोकिएको छ ।

शुक्रबारको पहिलो खेलमा हेटौँडा उपमहानगरपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै तुलसीपुरले सुखद सुरुआत गरेको हो । तुलसीपुरको जीतमा ममता पुन मगर र मेनुका आले मगरले १–१ गोल गरे ।

जीतसँगै समूह ‘एफ’को तुलसीपुरले ३ अंक जोडेको छ । हेटौँडाको लगातार दोस्रो हार हो । हेटौँडा प्रतियोगिताबाट समेत बाहिरिएको छ ।

दिनको दोस्रो खेलमा समूह ‘जी’को पोखरा उपमहानगरपालिकालाई ४–१ गोल अन्तरले पराजित गर्दै वीरेन्द्रनगरले सुखद सुरुवात गरेको हो । वीरेन्द्रनगरको जीतमा सुमित्रा योन्जनले २ गोल गरिन् । यस्तै, सम्झना शर्मा र सुस्मिता तामाङले १–१ गोल गरे । पोखराकी झरना चाम्लिङ राईले १ गोल फर्काइन् ।

जीतसँगै समूह ‘जी’मा वीरेन्द्रनगरले ३ अंक जोडेको छ र नकआउट चरणमा पुग्ने संभावना बलियो बनाएको छ । लगातार दोस्रो हार बेहोरेको पोखरा भने बाहिरिएको छ ।

यस्तै, दिनको अन्तिम तथा तेस्रो खेलमा गोकर्णेश्वर नगरपालिका र धनगढी उपमहानगरपालिकाले बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा गोकर्णेश्वरकी शेरचन तामाङले गोल गर्दै अग्रता दिलाएकी थिइन् । तर, चन्द्रा भण्डारीले दोस्रो हाफमा गोल गर्दै धनगढीलाई १–१ गोलको बराबरीमा ल्याएकी हुन् ।

बराबरीसँगै समूह ‘एच’बाट गोकर्णेश्वरले एक खेलमा १ अंक जोडेको छ । धनगढीले दुई खेलमा ४ अंक जोडेको छ । यस समूहबाट गोकर्णेश्वर र धनगढीलाई दोस्रो चरणको मौका रहेको छ ।

अलखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगितामा ३१ टोलीको सहभागिता रहेको छ । टोलीहरूलाई १० समूहमा विभाजन गर्दा प्रत्येक समूहका विजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

हालसम्म समूह ‘ए’बाट झापाको कनकाई नगरपालिका, समूह ‘बी’बाट ललितपुर महानगरपालिका, समूह ‘सी’बाट बर्दियाको बाँसगढी नगरपालिका र समूह ‘डी’बाट झापाको शिवसताक्षी नगरपालिकाले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् ।

उपमेयर कपको विजेता र उपविजेता टोली महिला राष्ट्रिय लिगमा छनोट हुनेछन् । राष्ट्रिय लिगमा मेयर कपबाट छनोट भएका दुई क्लब र बाँकी छ क्लब गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ७ : ०१ बजे

विश्वकपको अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’मा रहेको नेपालले

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा : ‘वैकल्पिक सडक’ को व्यवस्था

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि

विश्वकपमा रोचक समीकरण : अस्ट्रेलियालाई हराउँदै श्रीलंका सुपर आठमा

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको आयोजक श्रीलंका सुपर आठ

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

काठमाडौं– महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई