लागूऔषधसहित तीन जना पक्राउ « Khabarhub

लागूऔषधसहित तीन जना पक्राउ


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लागूऔषधसहित पर्सा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पर्साको वीरगंज महानगरपालिका २५ सिर्सिया सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १ सय २० वटा नाइट्रोभेट ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका १३ बस्ने २२ वर्षीय आमस विक र पर्साको वीरगंज महानगरपालिका १५ भिस्वाका २४ वर्षीय शेखरकुमार सिंह छन् ।

भारतबाट ना ५० प ४९०१ नम्बरको स्कुटरमा नेपालतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ड्राइपोर्टबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा स्कुटरसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट वीरगन्जबाट खटिएको सशस्त्र प्रहरीले कात्तिक ११ गते १३ वटा नाइट्रोभेट ट्याब्लेटसहित बारा जिल्लाको फेटा गाउँपालिका ४ बस्ने १९ वर्षीय गोविन्द कुमार मुखियालाई पक्राउ गरेको छ ।

पक्राउ परेका मुखियालाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ७ : ३८ बजे

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया

सियोल – दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा