प्राध्यापक संघका पूर्वअध्यक्षहरुले मागे प्रधानन्यायाधीश राणाको राजीनामा « Khabarhub

प्राध्यापक संघका पूर्वअध्यक्षहरुले मागे प्रधानन्यायाधीश राणाको राजीनामा


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्राध्यापक संघका पूर्वअध्यक्षहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । उनीहरुले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राज्यका तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायापालिकाबीच शक्ति सन्तुलन हुनुपर्नेमा प्रधानन्यायाधीश राणाले त्यसको मर्म नबुझेको टिप्पणी गरेका छन् ।

अहिले न्यायापालिकामाथि गम्भीर संकट आएको र त्यसको जिम्मेवार राणा रहेको भन्दै राणाले तत्काल निकास दिनुपर्ने बताएका छन् ।

पूर्वअध्यक्षहरु प्राडा कमलकृष्ण जोशी, प्रा केशवानन्द गिरी, प्रा भूपति ढकाल कमल, प्रा कपिल श्रेष्ठ, प्रा भीमसेनदास प्रधान, प्रा रामेश्वर उपाध्याय, प्राडा विनोदकुमार श्रेष्ठ, प्रा खगेन्द्र भट्टराई र प्रा गुणनिधी न्यौपानेले शुक्रबार सँयुक्त विज्ञप्ति जारी गरेका छन्।

उनीहरुले भनेका छन्, ‘‘स्वतन्त्र न्यायपालिकाको जनआस्था र प्रतिष्ठा बचाईराख्न हाल नेतृत्वमा रहनुभएका व्यक्तिले नै निकास दिनुपर्दछ, यस विषम परिस्थितिबाट उत्पन्न न्यायपालिकाको प्रतिष्ठा, विश्वसनियता, निश्पक्षता र जनआस्था जोगाउन प्रधानन्यायाधीशले तत्काल राजीनामा दिएर निकास दिनु नै उत्तम विकल्प हो’ विज्ञप्तिमा भनिएको छ।’

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ९ : ११ बजे

विश्वकपको अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’मा रहेको नेपालले

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा : ‘वैकल्पिक सडक’ को व्यवस्था

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि

विश्वकपमा रोचक समीकरण : अस्ट्रेलियालाई हराउँदै श्रीलंका सुपर आठमा

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको आयोजक श्रीलंका सुपर आठ

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

काठमाडौं– महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई