विश्वकपमा रोचक समीकरण : अस्ट्रेलियालाई हराउँदै श्रीलंका सुपर आठमा « Khabarhub

विश्वकपमा रोचक समीकरण : अस्ट्रेलियालाई हराउँदै श्रीलंका सुपर आठमा


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको आयोजक श्रीलंका सुपर आठ प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा श्रीलंकाले अस्ट्रेलियालाई ८ विकेटले हराएको हो ।
सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको १८२ रनको लक्ष्य श्रीलंकाले मात्र दुई विकेटको क्षतिमा १२ बल बाँकी हुँदा १८४ रन बनाएर भेट्टाएको हो ।

यसैगरी, श्रीलंकाले तीन खेलमा लगातार जित निकाल्दै ६ अंक जोडेको छ । दुई खेलमा खेलेको जिम्बाबेले चार अंक जोड्दा तीन खेल खेलिसकेको अस्ट्रेलियाले दुई अंक मात्र बनाएको छ ।

सुपर आठ प्रवेश गर्न समूह ‘बी’बाट अस्ट्रेलियाले अन्तिम खेल जित्नैपर्ने दबाब छ । अस्ट्रेलियाको अघिल्लो चरण सुरक्षित गर्न जिम्बाबेले बाँकी दुई खेल ठुलो अन्तरमा गुमाउनुपर्ने देखिन्छ । यसरी हेर्दा समूह ‘बी’बाट सुपर आठ प्रवेशका लागि जिम्बाबेलाई सजिलो देखिन्छ ।

समूह ‘ए’बाट भारत यसअघि नै सुपर आठमा प्रवेश गरिसकेको छ । भारत एक खेल अगाडि नै सुपर आठ प्रवेश गरेको हो । यो समूहबाट सुपर आठको प्रतिस्पर्धामा अमेरिका र पाकिस्तान छन्।

पाकिस्तानले अन्तिम खेल गुमाएमा अमेरिका सुपर आठ प्रवेश गर्नेछ। नामिबियासँगको खेलमा पाकिस्तान विजयी भए ६ अंक बनाउँदै सुपर आठ प्रवेश गर्नेछ ।

समूह ‘सी’बाट वेस्ट इन्डिज र इंग्ल्यान्ड सुपर आठ प्रवेश गरिसकेका छन् भने समूह ‘डी’बाट दक्षिण अफ्रिका सुपर आठमा प्रवेश गर्दा न्युजिल्यान्ड र अफगानिस्तान अझै सुपर आठको दौडमा छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ७ : ४५ बजे

अमेरिकी आक्रमणमा इरानका सात सैनिक मारिए, ३० भन्दा बढी नागरिकको पनि ज्यान गयो

तेहरान– अमेरिकाले इरानमाथि गरेको पछिल्लो हवाई आक्रमणमा सात इरानी सैनिक

जनता विकास खोज्दैछन्, सरकार सस्तो लोकप्रियतातिर लाग्यो : महेन्द्रबहादुर शाही

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकारको

जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पुर्पक्षका लागि थुनामा

एजेन्सी- अमेरिकाको इडाहो राज्यमा १८ महिनाका जुम्ल्याहा शिशुको हत्या गरेको आरोपमा

सुदूरपश्चिममा एमालेका सबै मन्त्री मुख्यमन्त्री शाहद्वारा बर्खास्त

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको राजनीतिक तनाव थप चुलिँदा मुख्यमन्त्री

संसद्‍मा विपक्षीको विरोध कायमै

काठमाडौं– प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले विरोध कायमै राखेका छन्