राष्ट्र बैंकको विनिमय डेरिभेटिभ बजारसम्बन्धी अध्ययन « Khabarhub

राष्ट्र बैंकको विनिमय डेरिभेटिभ बजारसम्बन्धी अध्ययन


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजारसम्बन्धी अध्ययन प्रतिवेदन तयार पारेको छ ।

अध्ययनले नेपालमा विदेशी विनिमयमा आधारित डेरिभेटिभ बजारको प्रचलित अभ्यासको समीक्षा गर्दै डेरिभेटिभ उपकरणसम्बन्धी कानूनी एवम् नियमनकारी ढाँचाको अवस्था र बजारको स्थितिबारे विश्लेषण गरेको छ । त्यस्तै अध्ययनले सार्क मुलुकका विदेशी विनिमय डेरिभेटिभ बजारको अवस्थाबारे पनि छोटकरीमा विश्लेषण गरिएको उल्लेख छ ।

सार्क मुलुकमध्ये भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्कामा विदेशी विनिमय डेरिभेटिभ बजार अन्य मुलुकको तुलनामा बढी व्यवस्थित र फराकिलो देखिएको छ । सर्वेक्षण नतिजाअनुसार नेपालमा सबै वाणिज्य बैंक फरवार्ड मार्केट सङ्लग्न रहेको र आधाजसो बैंक स्वाप कारोबारमा सङ्लग्न रहेको पाइएको छ ।

बैंकले ८१ उत्तरदाता गैरवित्तीय फर्म (११५ फर्मलाई प्रश्नावली सोधिएको) मध्ये १४.८ प्रतिशतले मात्र डेरिभेटिभ प्रोडक्टको प्रयोग गरेको देखिन्छ । जसमध्ये अधिकांश स्टिल तथा धातु उत्पादक फर्म रहेका छन् । दैनिक कारोबारमा विदेशी विनिमय जोखिम नरहेको भन्ने फर्महरू ३७ प्रतिशत रहेको र विदेशी विनिमय जोखिम रहेको भन्ने बाँकी फर्ममध्ये ५२.९ प्रतिशतलाई डेरिभेटिभ प्रोडक्टसम्बन्धी जानकारीको अभाव रहेको अध्ययनले देखाएको छ ।

तरलता, बजार सहभागिता, कानूनी व्यवस्था, विषयवस्तुको ज्ञान एवम् बजार पूर्वाधारको आधारमा हेर्दा नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार अझै प्रारम्भिक अवस्थामा नै रहेको अध्ययनबाट देखिएको छ । विदेशी विनिमय डेरिभेटिभ कारोबारलाई समेट्ने छुट्टै कानूनी व्यवस्था गर्नुपर्ने अवस्था छ । हालको ओटिसी मार्केटलाई अझ सशक्त बनाउँदै हेजिङलाई सहजता प्रदान गर्न र वैदेशिक प्रत्यक्ष लगानी आकर्षित गर्न दीर्घकालीनरुपमा प्रवद्र्धन गर्नुपर्ने देखिएको अध्ययनमा उल्लेख छ । रासस

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ९ : ३९ बजे

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक