कैद सजाय पाएका अभियुक्त ६ वर्षपछि पक्राउ « Khabarhub

कैद सजाय पाएका अभियुक्त ६ वर्षपछि पक्राउ


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– जिल्ला प्रहरी कार्यालय लमजुङले अदालतले कैद फैसला सुनाएको एक अभियुक्तलाई ६ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले साबिक रम्घा गाविस ८ हाल मध्यनेपाल नगरपालिका ४ का ३२ वर्षीय रवीन्द्र ढकाललाई ६ वर्षपछि पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार प्रहरीको विशेष टोलीले हेटौंडामा लुकीछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

फरार अभियुक्त ढकाललाई २०७३ साल कात्तिक २९ गते जिल्ला अदालत लमजुङले एक वर्ष तीन महिना १४ दिन कैद सजाय तथा १५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

कैद भुक्तानका लागि ढकाललाई शुक्रबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  १० : २२ बजे

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक– यहाँ आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु

जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

एजेन्सी– जम्मु कश्मीर नजिकैको अग्लो पहाडी पास जोजिला पासमा हिम–पहिरो

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको