साउथ इन्डियन दाल फ्राई पकाउने तरिका « Khabarhub

साउथ इन्डियन दाल फ्राई पकाउने तरिका


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री : 

चना दाल आधा के.जी., प्याज ५० ग्राम, अदुवा र लसुन पेस्ट २५-२५ ग्राम, जिरा धनियाँ पाउडर एक चौथाइ चम्चा, बेसार, नुन आवश्यकता अनुसार, ३-४ वटा सुकुमेल, ल्वाङ, दालचिनी, तेज पात, मरीच धुलो १ चिम्टी, हरियो खुर्सानी २ वटा, बटर अथवा राम्रो घिउ ५० ग्राम, १ चम्चा रायोको दाना, १ चम्चा जिरा गेडा, २ वटा सुकेको खोर्सानी ।

बनाउने तरिका : 

दाललाई आवश्यक पानी राखी नुन, बेसार, प्याज, हरियो खोर्सानी र अन्य मसला राखी कुकरमा १५ मिनेट सानो आगोमा पकाउनु र निकालेर घोट्नु । अब एक फ्राईपेनमा बटर वा घिउ तताई रायो, जिरा, सुकेको खुर्सानी फुराउनु र दालमा राखी चलाउनु । अब फ्राई दाल तयार भयो ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ७ : ०७ बजे

सडकमै बच्चा जन्माएकाबारे रास्वपा सांसद : सरकारलाई असफल बनाउन महिला प्रयोग गरिएको हुनसक्छ

काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

ग्रीन आर्मीविरुद्ध सर्वोच्चमा रिट, पेसी सोमबार

काठमाडौं– गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा