तपाई जित हासिल गर्न चाहनुहुन्छ भने राम्रो बोल्नुस् | Khabarhub Khabarhub

तपाई जित हासिल गर्न चाहनुहुन्छ भने राम्रो बोल्नुस्


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राम्रो तरिकाले बोल्नुको अर्थ के हो ? मेरो मनसाय तपाईँले बिबिसीको ज्यूजरीडर जस्तो आवाजमा बोल्नुहोस् तथा हाउसको ठाउँमा हाइस भन्नुस् वा कैश को ठाउँमा कोश भन्नुस् भन्ने होइन । तपाईँ आफ्नो स्थानी शैलीलाई कायम राख्न सक्नुहुन्छ, यसमा कुनै दिक्दारी छैन । बस के कुरामा ध्यान दिनुस् भने तपाईँ कस्तो प्रकारले बोल्नुहुन्छ । यो सम्प्रेषण अर्थात् जानकारी दिनसित सम्बन्धित छ । हामी कसरी बोल्छौँ भन्ने कुरासित यो सम्बन्धित छैन । राम्रो तरिकाले बोल्नुको अर्थ स्पष्ट तथा प्रभावकारी रूपमा जानकारी पुग्नु । तपाईँ स्पष्ट रूपले बोल्नुस् ।

तपाईँ यी कुराबाट बच्नुपर्छ :

– बुबु दाउनु-स्मरण रहोस्, यस्तो स्थितिमा दोस्रोले तपाईको कुरा सुन्न र बुझ्न सक्दैन ।

– ज्यादै बिस्तारो बोल्नु-पुनः दोस्रोले तपाईँको कुरा सुन्न सक्दैन ।

– विशिष्ट शब्दावलीको प्रयोग गर्नुभयो भने तपाईँको विभाग या विशेषज्ञताको क्षेत्र भन्दा बाहिरको मानिसले बुझ्न सक्दैन ।

– खराब तरीकाले बोल्नु ।

राम्रोसित बोल्नको लागि तपाईँले चार प्रमुख कुरा याद राख्नुपर्छ ।

– आकर्षक

– स्पष्ट

– सुखद

– सरल

तपाईँले बस यति जान्न आवश्यक छ । यदि तपाईँ यी चार कुरालाई ध्यान राख्नुहुन्छ भने तपाईँ गलत हुनुहुन्न । मानिसले तपाईँको कुरालाई याद राख्नेछन् । साथै ती तपाईँको स्पष्ट, आकर्षक आवाजले प्रभावित हुनेछन् । राम्रो तरिकाले बोल्नाले ज्यादै राम्रो असर पर्दछ । यदि तपाईँले काँध झुकाएर बुदबुदाउनुहुन्छ भने मानिसले तपाईंमा आत्मविश्वासको कमी छ तथा तपाईँ दामदार हुनुहुन्न भन्ने ठान्नेछन् । यसकारण तिनले तपाईंलाई चाँडै नै भुलिदिन्छन् । यदि तपाईँ विश्वापूर्वक अघि बढ्नुहुन्छ, आफ्नो नाम स्पष्ट र आत्मविश्वाससहित बोल्नुहुन्छ भने तपाईँ कहाँ गइरहनुभएको छ भन्ने थाहा पाउनेछन् । तिनले तपाईंलाई याद राख्नेछन् । तपाईँ जे बोल्न चाहनुहुन्छ, सरल बोल्नुहोस् सीधा बोल्नुहोस् । त्यसभन्दा बढी केही पन नबोल्नुहोस् ।

साभार  : ‘तपाईँको जित पुस्तकबाट

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ८ : २२ बजे

सूचनाको हकका लागि राष्ट्रिय महासंघ गण्डकीको अध्यक्षमा राजबहादुर गुरुङ

पोखरा– सूचनाको हकका लागि राष्ट्रिय महासंघ, गण्डकी प्रदेश समितिको अध्यक्षमा

ट्रम्पले हेगमा भने, ‘इरानमाथिको हमला हिरोशिमा र नागासाकीको जस्तै थियो

हेग- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिकी आक्रमणको तुलना दोस्रो

एमाले नेता थापा भन्छन् : पार्टीमा समस्या छैन, जनताको विश्वास बढ्दै गएको छ

धनगढी– नेकपा एमालेका केन्द्रीय सदस्य तथा संगठन विभाग सदस्य लालबहादुर थापाले

अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको अर्थतन्त्र चलायमान