कांग्रेस अधिवेशन : झापामा थेवे बिजयी, सिटौला पक्ष बलियो « Khabarhub

कांग्रेस अधिवेशन : झापामा थेवे बिजयी, सिटौला पक्ष बलियो



झापा- नेपाली कांग्रेसको जिल्ला अधिवेशनका क्रममा झापामा दुई  प्रभावशाली नेताको समर्थनमा दुई प्यानलबीच भएको निर्वाचनमा कृष्णप्रसाद सिटौला पक्षधरको विजयी भएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र नेता सिटौला पक्ष खुलेरै दुई प्यानलमा चुनावी प्रतिष्पर्धामा थियो ।

दुई प्यानल विचको प्रतिष्पर्धाबाट सभापतिमा देउमान थेवे निर्वाचित भएका छन् । उनले १७६५ मत ल्याएर जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । उनलाई नेता सिटौलाको समर्थन थियो । उनले आफना प्रतिद्धन्दी रामबहादुर कट्टेललाई २५० को मतान्तरले पराजित गरि जिल्ला सभापतिमा निर्वाचित भए । कटटेलले १५१५ मत प्राप्त गरे ।

यस्तै पदाधिकारीमा समेत थेवे प्यानल नै निर्वाचित भएको छ । मतपरिणाम अनुसार उपसभापतिमा थेवे प्यानलका शेरबहादुर भट्टराई (१६७४), केशवराज पाण्डे (१८८९) मत प्राप्त गरी  निर्वाचित भए । त्यस्तै, सचिवमा नवीन विमली १८३८ र कृष्ण हुँमागाई १६७६ मत ल्याएर निर्वाचित भए ।

सहसचिवमा कमल भण्डारी १७६० र कालेन्द्र राजवंशी १७६५ मत प्राप्त गरि निर्वाचित भएको जिल्ला निर्वाचन समितिका संयोजक सुवोध चिलवालले बताए ।

उनका अनुसार उपसभापतिका उम्मेद्वार प्रेम सम्बाहाम्फेले १४१५, शमशेर गिरी १२२१, सचिवका उम्मेदवार विश्वदीप लिङ्देनले १४३१, टोमलाल राजबंशीले १३१५ ,सहसचिव पदका उम्मेदवार पदम लिम्बूले १३४७ र उमाराम प्रसाईले १३३७ मत प्राप्त गरेका छन् । पदाधिकारीमा प्यानल नै जितेको थेवे समूहले सदस्यहरुमा समेत वर्चश्व कायम गरेको बताइएको छ ।

गत मंसिर १० गते सम्पन्न निर्वाचनमा ३३११ मत खसेको थियो । जिल्ला नेतृत्वका लागि दुई प्यानल बनाएर निर्वाचनमा होमिएको थियो । कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाको प्यानलबाट थेवे र विश्वप्रकाश शर्माको प्यानलबाट कट्टेललाई उम्मेदवार बनाइएको थियो ।

 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ११ : ५५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै