एउटै स्टेजमा चार विजेता घोषित « Khabarhub

एउटै स्टेजमा चार विजेता घोषित


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा एकै स्टेजमा ४ विजेता छानिएका छन् । शनिबार अबेर साँझ सम्पन्न प्रतियोगिता ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल २०२१’ मा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता छानिएका हुन् ।

प्रतियोगितामा ‘लिटिल प्रिन्स इन्टरनेशनल’ जुनियरतर्फ रिदम नेपाल विजेता बने । यही प्रतियोगितातर्फको फष्ट रनर अप एलेक्स महर चुनिँदा सेकेन्ड रनर अफ भने एलिस अर्याल भए ।

त्यस्तै ‘लिटिल प्रिन्सेस इन्टरनेशनल’ जुनियर तर्फ आयु खत्रीले शिर्ष उपाधि चुमिन् । यहि प्रतियोगितामा सरल्या बज्राचार्य फष्ट रनर अफ र आरोही खरेल सेकेन्ड रनर अप बने ।

यस्तै ‘लिटिल प्रिन्स इन्टरनेशनल’ सिनियर तर्फ भने स्पन्दन त्रिपाठी शिर्ष विजेता बन्दा फष्ट रनर अप शुभम थापा र सेकेन्ड रनरअप दिब्भ्यान्स आर्याल भए ।

कार्यक्रममा टिन प्रिन्सेस इन्टरनेशनल तर्फ भने कृषा खड्की विजेता घोषित भइन् । यहि प्रतियोगितामा प्रसन्सा आचार्य र विभुती बस्नेत क्रमश फष्ट रनर अप र सेकेन्ड रनर अप छानिए ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको प्रतियोगिताको फाइनल स्पर्धामा अभिनेत्री संञ्चिता लुईटेल, फिल्म निर्देशक दिवाकर भट्टराई, व्यवसायी रोजी खुसी पाठक, गीतकार, कवि तथा नव नारी मासिककी सम्पादन निलिमा मास्के श्रेष्ठ निर्णायक रहेका थिए ।

९ वर्षदेखि १५ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको प्रतिभा निखार्ने उदेश्यले आयोजित प्रतियोगीताको कोरियोग्राफी रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय मोडल, कोरियोग्राफर राज फैजुले गरेका थिए । प्रतियोगीहरु श्रीषा बैदार फैजुका डिजाइन रहेको आकर्षक परिहनमा र्याम्पमा उत्रिएका थिए ।

विजेता ४ जनाले नै विभिन्न उपहार र अवसर गिफ्टका रुपमा प्राप्त गरेका छन् । विजेता सबै इन्डोनेशियाको बालीमा आयोजना हुने ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल’ मा नेपालको प्रतिनिधित्व गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ११ : ४८ बजे

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग

कञ्चनपुर – कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ