ओली सूचीको केन्द्रीय सदस्यमा अटाए कोमल वलीदेखि मोती दुगडसम्म « Khabarhub

ओली सूचीको केन्द्रीय सदस्यमा अटाए कोमल वलीदेखि मोती दुगडसम्म


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- एमाले अध्यक्षमण्डलका अध्यक्ष केपी ओलीले सहमतिका लागि सार्वजनिक गरेको केन्द्रीय कमिटीको सूचीमा गायिका तथा सञ्चारकर्मी कोमल वलीदेखि उद्योगपति मोती दुगडसम्म अटाएका छन् ।

आइतबार मध्यरात ओलीले सार्वजनिक गरेको केन्द्रीय कमिटीका ३०१ जनाको नाममा वलीको नाम खुला महिला समूहमा छ । मोती दुगडको नाम भने खुला जनजाति सूचीमा छ । दुगड एमालेलाई थापाथलीमा केन्द्रीय कार्यालय भवन मिलाइदिने व्यापारी हुन् ।

सूचीमा महासचिवमा निर्विरोध निर्वाचित भएका शंकर पोखरेलकी श्रीमती सुजिता शाक्य पनि अटाएकी छन् । सूचीमा अनेरास्ववियूका पूर्वअध्यक्ष नवीना लामादेखि वर्तमान अध्यक्ष सुनिता बरालसम्मको नाम परेको छ ।

काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितदेखि वर्तमान मेयर विद्यासुन्दर शाक्यसमेत अटाएका छन् । पत्रकार पृष्ठभूमिका सूर्य थापा र विष्णु रिजाल केन्द्रीय सदस्यमा अटाउँदा अर्का आकांक्षीद्वय गगन विष्ट र राजेन्द्र अर्याल भने सूचीमा अटाएका छैनन् ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १२ : ३० बजे

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको