ओली सूचीको केन्द्रीय सदस्यमा अटाए कोमल वलीदेखि मोती दुगडसम्म | Khabarhub Khabarhub

ओली सूचीको केन्द्रीय सदस्यमा अटाए कोमल वलीदेखि मोती दुगडसम्म


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- एमाले अध्यक्षमण्डलका अध्यक्ष केपी ओलीले सहमतिका लागि सार्वजनिक गरेको केन्द्रीय कमिटीको सूचीमा गायिका तथा सञ्चारकर्मी कोमल वलीदेखि उद्योगपति मोती दुगडसम्म अटाएका छन् ।

आइतबार मध्यरात ओलीले सार्वजनिक गरेको केन्द्रीय कमिटीका ३०१ जनाको नाममा वलीको नाम खुला महिला समूहमा छ । मोती दुगडको नाम भने खुला जनजाति सूचीमा छ । दुगड एमालेलाई थापाथलीमा केन्द्रीय कार्यालय भवन मिलाइदिने व्यापारी हुन् ।

सूचीमा महासचिवमा निर्विरोध निर्वाचित भएका शंकर पोखरेलकी श्रीमती सुजिता शाक्य पनि अटाएकी छन् । सूचीमा अनेरास्ववियूका पूर्वअध्यक्ष नवीना लामादेखि वर्तमान अध्यक्ष सुनिता बरालसम्मको नाम परेको छ ।

काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितदेखि वर्तमान मेयर विद्यासुन्दर शाक्यसमेत अटाएका छन् । पत्रकार पृष्ठभूमिका सूर्य थापा र विष्णु रिजाल केन्द्रीय सदस्यमा अटाउँदा अर्का आकांक्षीद्वय गगन विष्ट र राजेन्द्र अर्याल भने सूचीमा अटाएका छैनन् ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १२ : ३० बजे

काठमाडौं शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं– काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेको छ ।

ठूला दलबीच सहकार्य आवश्यक : रमेश लेखक

कञ्चनपुर– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबीच

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ ।

अतिक्रमित जमिन खाली गराइने

बाँके– लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको

चोरले एक तोला सुन निलेपछि…

पाँचथर– पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन