जलवायु परिवर्तनका कारण जंगलको डढेलोमा बृद्धिः सीएसआइआरओ | Khabarhub Khabarhub

जलवायु परिवर्तनका कारण जंगलको डढेलोमा बृद्धिः सीएसआइआरओ


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जलवायु परिवर्तनका कारण जंगलमा डढेलोका घटना तीव्र बृद्धि भएको एउटा अनुसन्धानले देखाएको छ ।

अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकाय सीएसआइआरओले गरेको अनुसन्धानमा पछिल्ला तीन दशकमा जलवायु परिवर्तनका कारण जंगलको डढेलोमा बृद्धि भएको देखाएको हो ।

नेचर कम्युनिकेसनमा प्रकाशित सो अध्ययनले यसअघि भएका डढेलोका विभिन्न आठ ओटा क्षेत्रको विश्लेषण गरेको थियो । डढेलोको मौसम लम्बिएको र जंगलको आगो तसमानियाको दक्षिणी टापुको जंगलमा मात्र सीमित नभएर देशको उत्तरपश्चिमस्थित क्विन्सल्यान्डको उष्ण क्षेत्रमा पनि फैलिएको  जनाइएको छ ।

‘हामीले डढेलो लागेका आठ ठाउँको अध्ययन गरेका छौं’, डढेलोको मुख्य कारक जलवायु परिवर्तन देखिएको छ,’ सीएसआइआरओका वैज्ञानिक पेप क्यान्डेलले भने ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १२ : १० बजे

भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित

नयाँ दिल्ली– भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन निकाय’हरू

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु

राजदरबार संग्रहालय हेर्ने अधिकांशको प्रश्न- राजारानीको हत्या गरेको ठाउँ खै?

काठमाडौं- दाङका ८५ वर्षीय मानबहादुर बुढाथोकी अत्यन्त हर्षित देखिए ।

राप्रपा अध्यक्ष लिङ्देनले गरे ८९औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ८९औँ पटक

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका सूचना