महाठगसँग ज्याकुलिनको सेल्फी तस्वीर भाइरल « Khabarhub

महाठगसँग ज्याकुलिनको सेल्फी तस्वीर भाइरल


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– बलिउड अभिनेत्री ज्याकुलिन फर्नान्डिज एकपटक पुनः मनी लन्ड्रिङ मुद्धालाई लिएर चर्चामा आएकी छन् । हालका दिनमा सामाजिक सञ्जालमा ज्याकुलिन र महाठग सुकेश चन्द्रशेखरको तस्वीर भाइरल भइरहेको छ । सेल्फी तस्वीरमा उनीहरुको निकटतालाई प्रष्ट देख्न सकिन्छ ।

सुकेशमाथि २ सय करोडको मनी लन्ड्रिङ गरेको आरोप छ । यो मामलामा इडीले ज्याकुलिनलाई कैयौं पटक सोधपुछ गरिसकेको छ । उनीहरुको सेल्फी तस्वीर अनुसन्धान अधिकारीहरुले फेला पारेका छन् । यो तस्वीर सुकेश अन्तरिम जमानतमा तिहाड जेलबाट बाहिर आएपछि लिइएको हो । जेलबाट बाहिर आएपछि उनी फ्लाइटबाट चेन्नई पुगेका थिए ।

यो तस्वीर चेन्नईको एक पाँचतार होटलमा खिचिएको हो । उनले हातमा लिइएको यो मोबाइल आइफोन १२ प्रो हो । यही फोनमा इजरायलको सिमकार्ड प्रयोग गरेर २ सय करोड रुपैंयाँ असुल उपर गरिएको थियो ।

भाइरल तस्वीरमा ज्याकुलिन र सुकेशको बोण्डिङ निकै राम्रो देखिन्छ । यसअघि ज्याकुलिन सुकेशसँग डेटमा रहेको खबर सार्वजनिक भएको थियो । यद्यपि यो कुराको स्वतन्त्र पुष्टि हुन सकेन ।

सुकेशले आफूलाई चेन्नईको एक ठूलो व्यापारी बताएर ज्याकुलिनसँग सम्बन्ध बढाए । ज्याकुलिनलाई सुकेशले करोडौं रुपैंयाँ पर्ने उपहार पनि दिएका थिए । यहीकारण ज्याकुलिनलाई इडीले पत्र पठाएको थियो । उनलाई आफ्नो बैंक विवरण, सबै क्रेडिट कार्डको ट्रान्जेक्सन विवरण बुझाउन भनिएको थियो ।

सुकेश र उनकी पत्नी अभिनेत्री मारिया पलमाथि २ सय करोड रुपैंयाँको फिरौतीको मामलामा मुद्धा चलिरहेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १२ : १६ बजे

रमेश लेखकले भने : जेन-जी आन्दोलनमा बल प्रयोग गर्न आदेश दिएको थिइनँ, घटनाको नैतिक जिम्मेवारी लिन्छु

काठमाडौं- तत्कालीन गृहमन्त्री रमेश लेखक जेन-जी आन्दोलनका क्रममा भएको घटना

यस्तो छ रमेश लेखकले आयोगमा दिएको ६ पृष्ठको लिखित बयान

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

गाजामा आँधीका कारण जनजीवन जोखिममा, उद्धार कार्य प्रभावित

एजेन्सी– गाजा क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण एक बालक र

जाँचबुझ आयोगमा बयान दिएर बाहिरिए लेखक, पत्रकार सम्मेलन गर्दै

काठमाण्डौं – गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

आन्तरिक राजस्व कार्यालय खैरहनीको काम पालिकाबाट

चितवन– आन्तरिक राजस्व कार्यालय खैरहनीबाट हुँदै आएका काम स्थानीय तहलाई