एमाले महाधिवेशन ३०१ भन्दा बढीको उम्मेदवारी परेपछि सार्वजनिक गरिएन नाम « Khabarhub

एमाले महाधिवेशन ३०१ भन्दा बढीको उम्मेदवारी परेपछि सार्वजनिक गरिएन नाम


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- एमाले केन्द्रीय कमिटीमा अटाउने आकांक्षासहित केन्द्रीय कमिटीको आकारभन्दा बढीले उम्मेदवारी दर्ता गराएपछि निर्वाचन समितिले उम्मेदवारको पहिलो सूची सार्वजनिक गर्नसकेको छैन ।

निर्वतमान अध्यक्ष केपी ओलीले सार्वजनिक गरेको केन्द्रीय सदस्यका आकांक्षीको भन्दा बढी मनोनयन परेपछि निर्वाचन समितिलाई थप भएका उम्मेदवारको नाम फिर्ता लिन लगाएर मात्र उम्मेदवारको सूची सार्वजनकि गर्न दबाब परेको छ ।

निर्वाचन समितिका एक सदस्यका अनुसार अध्यक्षमा दुई जना, उपाध्यक्षमा सात जना र सचिवमा नौ जनाको मनोनयन परेको छ । केन्द्रीय सदस्यमा भने तोकिएको भन्दा निकै बढीको मनोनयन परेको उनले बताए ।

उम्मेदवारको सूची सार्वजनिक गर्नुअघि उपाध्यक्षका एक जना र सचिवका दुई जना प्रत्यासीलाई मनोनयन फिर्ता लिन नेतृत्वले दबाब दिइरहेको छ । त्यसैगरी, केन्द्रीय सदस्यका आकांक्षीलाई पनि फिर्ताको दबाब परेका कारण निर्वाचन समितिले उम्मेदवारी दर्ता गराएकाको सूची सार्वजनिक गर्न नसकिएको जनाएको छ ।

निर्वाचन समितिले १० बजे उम्मेदवारको सूची सार्वजनिक गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  २ : ४० बजे

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस