चितवनबाट एमालेमा १० केन्द्रीय सदस्य, दुईपटक सांसद बनेका पोखरेल अटाएनन् « Khabarhub

चितवनबाट एमालेमा १० केन्द्रीय सदस्य, दुईपटक सांसद बनेका पोखरेल अटाएनन्


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– एमाले महाधिवेशनको आयोजक जिल्लासमेत रहेको चितवनबाट केन्द्रीय सदस्यका लागि १५ जनाले आकांक्षा देखाएका थिए । अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको केन्द्रीय कमिटी सदस्यमा महाधिवेशन व्यवस्थापनको महिला कमान्डर एमाले चितवनकी अध्यक्ष पार्वती रावलसहित १० जना परेका छन् ।

बागमती प्रदेशतर्फबाट रावल केन्द्रीय कमिटी सदस्यमा निर्विरोध निर्वाचित भइसकेकी छन् । महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादल र सहसंयोजक सुरेन्द्र पाण्डेलाई केन्द्रीय कमिटीमा प्रस्ताव गरिएको छ ।

एमाले चितवनका पूर्वअध्यक्ष जेएन थपलिया, निवर्तमान केन्द्रीय सदस्य सीता पौडेल, काशिनाथ अधिकारी, कपिल पोखरेल, देवी ज्ञवाली र राप्ती नगर प्रमुख प्रभा बरालको नाम ओलीको प्रस्तावमा समेटिएको छ । त्यसैगरी, दलित महिलाबाट शिवकुमारी गोतामेको नाम पनि केन्द्रीय कमिटीमा प्रस्ताव गरिएको छ ।

उनीहरूले निर्वाचनका लागि मनोयन पत्र दर्ता गरिसकेका छन् । केन्द्रीय कमिटी सदस्यका आकांक्षी सांसद कृष्णभक्त पोखरेललगायत पाँच जनाको नाम भने ओलीको प्रस्तावित सूचीमा पर्न सकेनन् । पोखरेल दुई पटकसम्म सांसद भइसकेका एमाले चितवनका पूर्वअध्यक्ष हुन् ।

त्यस्तैगरी, बागमती प्रदेशका सांसद दावादार्जे लामा, विजय सुवेदी, रत्ननगर नगरप्रमुख नारायण वन र जिल्ला पूर्वअध्यक्ष हरि सापकोटा पनि परेनन् । ओलीले प्रस्ताव गरेको केन्द्रीय कमिटी सदस्यको सूचीमा आफ्नो नाम नपरे पनि आफूले छुट्टै मनोनयन पत्र दर्ता गरेका छैनन् ।

केन्द्रीय कमिटी सदस्यमा खुलातर्फ ८४ जनाको कोटामा ८५ जना र महिलातर्फ ५३ जनाको कोटामा ५४ जनाको मनोनयन पत्र दर्ता भएको छ । केन्द्रीय कमिटी सदस्यमा सहमतिको प्रयास भइरहेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ५ : १० बजे

इजरायली आक्रमणमा मारिए लेबनानी सिभिल डिफेन्सका सदस्य

बेरूत- लेबनानको दक्षिणी क्षेत्रमा इजरायली हवाई हमलामा लेबनानी सिभिल डिफेन्सका

होर्मुज स्ट्रेटबाट पहिलो ट्यांकर दक्षिण कोरिया पुग्यो, १० सातादेखि फसेका भारतीय नाभिकको बिलौना

सोल- होर्मुज स्ट्रेट हुँदै गुज्रिएको एक तेल ट्यांकर दक्षिण कोरिया

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौं–  एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३ रनको

बागलुङका एक लाख ३६ हजार पशुलाई खोप

गलकोट– बागलुङका ६ स्थानीय तहका एक लाख ३६ हजार ७८१

लेबनानमा दशलाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिवका लागि प्रवक्ता स्टेफन डुजारिकले लेबनानमा दश