५२ जिल्लामा अधिवेशन सकिँदा देउवा–पौडेल बराबर, सिटैलाको एकमात्र « Khabarhub

५२ जिल्लामा अधिवेशन सकिँदा देउवा–पौडेल बराबर, सिटैलाको एकमात्र


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको देशका ५२ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको छ । अझै २५ जिल्लाको अधिवेश हुन सकेको छैन । प्रदेश २ का ८ जिल्ला, रसुवालगायतका जिल्लामा अधिवेशन हुन सकेको छैन ।

अधिवेशन सम्पन्न भएका जिल्लाहरुमा केन्द्रकै गुटको छायाँ देखिएको छ । कतै कतै सभापति शेरबहादुर देउवा र कृष्ण सिटौला समूह मिलेर पनि सभापति इतर समूहसँग प्रतिस्पर्धा गरेका छन् । मुख्यता देउवा समूह पौडेल समूहबीच नै जिल्ला अधिवेशनमा पनि प्रस्पिर्धा भएको छ ।

५२ जिल्लाको परिणाममा देउवा र पौडेलबीच काँटेको टक्कर देखिएको छ । २५ जिल्ला सभापति देउवा पक्षकाले जितेका छन् भने पौडेल समूहका पनि २५ जिल्ला सभापति छन् । सिटैला समूहले एकमात्र झापामा सभापति जितेको छ । एकजना निर्विरोध भएका जाजरकोटका सभापति देवराज गिरी भने कतै खुलेका छैनन् ।

देउवा पक्षले जितेका जिल्ला

लमजुङ, सभापति टकराज गुरूङ
सल्यान, सभापति केशवबहादुर विष्ट
डोल्पा, सभापति दीपेन्द्रबहादुर शाही
डडेल्धुरा, सभापति भीमबहादुर साउद
म्याग्दी, सभापति खमबहादुर गर्बुजा
ताप्लेजुङ, सभापति गजेन्द्रप्रसाद तुम्याहाङ
मुगु, सभापति ऐनबहादुर शाही
पाँचथर, सभापति रूपनारायण जवेगु
मनाङ, सभापति शंकर गुरूङ
हुम्ला, सभापति मोहनविक्रम सिंह
बझाङ, सभापति खड्क बोहरा
रामेछाप, सभापति पूर्णबहादुर तामाङ
जुम्ला, सभापति कर्णबहादुर शाही
डोटी, सभापति नरेन्द्रबहादुर सिंह
रूकुम पश्चिम, सभापति प्रेमप्रकाश वली
ओखलढुंगा, सभापति तेजेन्द्र खनाल
पर्वत, सभापति युवराज जोशी
इलाम, सभापति डम्बरबहादुर खड्का
सुर्खेत, सभापति खड्ग पोखरेल
रूपन्देही, सभापति रामकृष्ण खाण
कास्की, सभापति किशोरदत्त बराल
काभ्रे, सभापति तीर्थ लामा
तनहुँ, सभापति जितप्रकाश आले
ललितपुर, सभापति जितेन्द्रकुमार श्रेष्ठ
कञ्चनपुर, सभापति पदम बोगटी

पौडेल पक्षले जितेका जिल्ला

प्युठान, सभापति विष्णुकुमार गिरी
अर्घाखाँची, सभापति केशव श्रेष्ठ
रोल्पा, किशोर आचार्य
बैतडी, सभापति चतुरबहादुर चन्द
दोलखा, सभापति बर्मा लामा
गोरखा, सभापति नन्दप्रसाद न्यौपाने
कालिकोट, सभापति अम्बबहादुर शाही
संखुवासभा, सभापति दीपक खड्का
रूकुमपूर्व, सभापति केशरमान रोका
मुस्ताङ, सभापति रोमीगौचन थकाली
भोजपुर, सभापति विनोद वान्तवा
बाजुरा, सभापति रामसिंह रावल
तेह्रथुम, सभापति अर्जुन तुम्बाहाम्फे
नवलपरासी पश्चिम, सभापति अर्जुनकुमार पोखरेल
पाल्पा, सभापति हिमालदत्त श्रेष्ठ
स्याङ्जा, सभापति राजु थापा
खोटाङ, सभापति विष्णुकुमार राई
दार्चुला, सभापति ललितसिंह बोहरा
नुवाकोट, सभापति रमेश महत
दाङ, सभापति शंकरप्रसाद डाँगी
दैलेख, सभापति मणिराम रेग्मी
गुल्मी, सभापति खिलध्वज पन्थी
काठमाडौं, सभापति कृष्णसबुज बानियाँ
धादिङ, सभापति रामनाथ अधिकारी
सुनसरी, सभापति केदार भण्डारी

सिटौला पक्षले जितेका जिल्ला

झापा, सभापति देउमान थेवे

पक्ष नखुलेको

जाजरकोट, सभापति बेदराज सिंह

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ८ : ०० बजे

इजरायली आक्रमणमा मारिए लेबनानी सिभिल डिफेन्सका सदस्य

बेरूत- लेबनानको दक्षिणी क्षेत्रमा इजरायली हवाई हमलामा लेबनानी सिभिल डिफेन्सका

होर्मुज स्ट्रेटबाट पहिलो ट्यांकर दक्षिण कोरिया पुग्यो, १० सातादेखि फसेका भारतीय नाभिकको बिलौना

सोल- होर्मुज स्ट्रेट हुँदै गुज्रिएको एक तेल ट्यांकर दक्षिण कोरिया

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौं–  एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३ रनको

बागलुङका एक लाख ३६ हजार पशुलाई खोप

गलकोट– बागलुङका ६ स्थानीय तहका एक लाख ३६ हजार ७८१

लेबनानमा दशलाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिवका लागि प्रवक्ता स्टेफन डुजारिकले लेबनानमा दश