ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, एक घाइते « Khabarhub

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, एक घाइते


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– कालीगण्डकी करिडोर बागलुङ–कुश्मीसेरा खण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक बालक घाइते भएका छन् ।

बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयाबाट सरंगीको लागि छुटेको ध१च ३६० नम्बरको ट्याक्टर करिडोरको बलेवा कुश्मीसेरा खण्डको ठेउघरको भीरबाट तल खस्दा दुई युवाको मृत्यु भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन ।

दुर्घटनामा परी जैमिनी नगरपालिका–१ भण्डारा बस्ने शिव केसीको छोरा १२ वर्षीय सुदिप केसी घाइते भएका छन् । केसीलाई उपचारको लागि पर्वत अस्पताल कुश्मा लगिएको स्थानीय भरत शर्मा पौडेलले जानकारी दिए । ट्याक्टरमा चालकसहित चार जना सवारी थिए । चालक बागलुङ नगरपालिका(१३ पाउजा बस्ने अन्दाजी २५ वर्षीय विष्णु क्षेत्री फरार रहेको प्रहरीले जनाएको छ ।

शव भीरको अफ्ठ्यारो ठाउँमा अड्किएको हुँदा निकाल्न र पहिचान गर्न कठिन भएको छ । इलाका प्रहरी कार्यालय बलेवाको टोलीले शव निकाल्न नसकेपछि जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थल लागेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १० : ५८ बजे

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन

जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् : ‘न सास भेट्यो न लास’

रसुवा– जुल्लाको गुठीचौर गाउँपालिका-१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित