महिला भलिबल टोलीलाई प्रधानमन्त्रीको बधाई « Khabarhub

महिला भलिबल टोलीलाई प्रधानमन्त्रीको बधाई


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिएका छन् । लगातार दोस्रो पटक उक्त उपाधि जितेलगत्तै उनले सामाजिक सञ्जालमार्फत महिला भलिबल टोलीलाई बधाई दिएका हुन् ।

प्रधानमन्त्री देउवाले आगामी दिनमा पनि उत्कृष्ट प्रदर्शन गर्दै निरन्तर सफलता प्राप्तिका लागि नेपाली महिला भलिबल टोलीलाई शुभकामना दिए ।

बङ्गलादेशमा मङ्गलबार सम्पन्न फाइनल खेलमा नेपाली महिला भलिबल टोलीले उज्वेकिस्तानलाई ३–२ सेटमा पराजित गर्दै उपाधि जितेको हो । ढाकास्थित शाहिद सूरवार्दी इन्डोर रङ्गशालामा नेपालले प्रतिस्पर्धात्मक खेलमा उज्वेकिस्तानलाई २६–२४, २४–२६, २५–१५, २५–२२ र १५–११ अङ्कले पराजित गरेको हो ।

प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपाली पुरुष भलिबल टोली भने चौथो भयो । नेपाली महिला भलिबल टोलीले सन् २०१९ मा बङ्गलादेशमै सम्पन्न उक्त प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा माल्दिभ्सलाई हराएर उपाधि जितेको थियो ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ६ : ५९ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको