काठमाडौँमा १० दशमलव ७ मिलिमिटर वर्षा « Khabarhub

काठमाडौँमा १० दशमलव ७ मिलिमिटर वर्षा


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणाली सक्रिय बनेसँगै देशभर वर्षा भएको छ । उच्च पहाडी र हिमाली भेगमा मात्र होइन काठमाडौंका डाँडामा पनि हिउँ परेको छ ।

बुधबार बिहान काठमाडौंमा १० दशमलव ७ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । काठमाडौंमा मंगलबार वर्षा भएको थिएन ।

कीर्तिपुर ११ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ । अहिले पनि काठमाडौँमा फाट्टफुट्ट वर्षा भइरहेको छ ।

महाशाखाको ताजा विवरण अनुसार दिपालयमा १२, डडेल्धुरामा १२ दशमलव २ र धनगढीमा २ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, सुर्खेतको वीरेन्द्रनगरमा ५, नेपालगन्जमा २, जुम्लामा २ दशमलव ६ र घोराहीमा शुन्य दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ ।

पोखरामा ६ दशमलव ५, भैरहवामा १२ दशमलव ६, सिमरामा १३, ओखलढुंगामा ३ र ताप्लेजुङमा १२ दशमलव ३ मिलिमिटर वर्षा भएको छ । धनकुटा र जनकपुरमा क्रमशः २ दशमलव ८ र १ दशमलव ५ मिलिमिटर वर्षा भए पनि विराटनगरमा वर्षा मापन भएको छैन ।

महाशाखाका अनुसार आज दिउँसो पनि देशका धेरै स्थानमा वर्षा हुनेछ । बिहीबारबाट मात्र मौसममा सुधार आउने आँकलन गरिएको छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  १० : ३९ बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर