पाँच महिनामा चितवनको पूँजीगत खर्च ६ प्रतिशतभन्दा कम « Khabarhub

पाँच महिनामा चितवनको पूँजीगत खर्च ६ प्रतिशतभन्दा कम


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चालु आर्थिक वर्ष २०७८-७९ को पाँच महिनाको अवधिमा चितवनमा पूँजीगत खर्च ६ प्रतिशतभन्दा कम रहेको छ । जिल्लामा सङ्घीय सरकारको बजेटबाट करिब ६ प्रतिशत तथा प्रदेश सरकारको बजेटबाट करिब चार प्रतिशतमात्रै पूँजीगत खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका नियन्त्रक मुक्तिप्रसाद चापागाईँका अनुसार जिल्लामा सङ्घीय सरकारको बजेटबाट मङ्सिर मसान्तसम्म रु ५४ करोड २१ लाख २९ हजार पूँजीगत खर्च भएको छ । चालु आवका लागि सङ्घीय सरकारले पूँजीगत खर्चतर्फ रु नौ अर्ब २५ करोड १८ लाख विनियोजन गरेको छ । विनियोजित पूँजीगत बजेटको आधारमा खर्च भएको रकम पाँच दशमलव ८५ प्रतिशत रहेको उनले बताए ।

जिल्लाका लागि विनियोजित रु १० अर्ब ६८ करोड ७० लाख चालु आवको बजेटमध्ये रु ८४ करोड ८४ लाख खर्च भएको चापागाईँले जानकारी दिए । योजना छनोट गरेर लागू गरेपछि बोलपत्र प्रक्रिया हुने, बोलपत्र प्रक्रिया पूरा भएर काम सुरु गर्दा करिब दुई महिना लाग्ने भएकाले आवको सुरुआती समयमा पूँजीगत खर्च कम हुने गरेको चापागाईँको भनाइ छ । फागुन–चैतदेखि मात्रै विकास बजेट बढी खर्च हुने गर्छ ।

सबैभन्दा बढी पूँजीगत खर्च गर्ने सङ्घीय कार्यालयमा सघन सहरी तथा भवन निर्माण आयोजना, सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, नारायणी नदी व्यवस्थापन आयोजना, सडक डिभिजन भरतपुरलगायत छन् । सघन सहरी तथा भवन निर्माण आयोजनाले रु २६ करोड २५ लाख, सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले रु चार करोड ३३ लाख, नारायणी नदी व्यवस्थापन आयोजनाले रु दुई करोड ३३ लाख र सडक डिभिजन भरतपुरले रु एक करोड ५३ लाख खर्च गरेका छन् ।

त्यस्तै प्रदेश सरकारबाट विनियोजन भएको पूँजीगत खर्च सबैभन्दा बढी गर्ने कार्यालयमा पूर्वाधार विकास कार्यालय, भूमिगत जलस्रोत तथा सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरलगायत छन् । पूर्वाधार विकास कार्यालयले रु सात करोड ५५ लाख, भूमिगत जलस्रोत तथा सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयले रु एक करोड २१ लाख, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले रु ९६ लाख तथा भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरले रु १६ लाख खर्च गरेका छन् ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  १० : ५१ बजे

वीरगञ्ज भन्सार : चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व संकलन

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२-८३ को

कोशीमा मतदाता नामावलीका लागि एक लाख ५७ हजारको निवेदन

विराटनगर– कोशी प्रदेशबाट एक लाख ५७ हजार ६१३ जनाले मतदाता

सचिवालयको स्पष्टीकरण : वृद्ध प्रधानमन्त्रीलाई २४ घण्टा सहयोग गर्न दम्पतीको नियुक्ति !

काठमाडौं – प्रधानमन्त्रीको निजी सचिवालयले प्रधानमन्त्रीको सचिवालयमा श्रीमान श्रीमती नियुक्तिको

तस्बिरमा हेर्नुहोस्, जनकपुर र विराटनगरबीचको प्रतिस्पर्धा

काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जनकपुर बोल्ट्स

उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु

एजेन्सी– उत्तरपश्चिमी पाकिस्तानमा सोमबार बिहान दुई आत्मघाती बम हमलाकारीले सुरक्षा