कोभिड पोजेटिभ भएका सयौं व्यक्तिलाई प्रयोगशालाले नै गलत रिपोर्ट दिएपछि… « Khabarhub

कोभिड पोजेटिभ भएका सयौं व्यक्तिलाई प्रयोगशालाले नै गलत रिपोर्ट दिएपछि…


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी– सिड्नीको एउटा प्रयोगशालाले कोभिड पोजेटिभ भएका व्यक्तिलाई पनि नगेटिभ रिपोर्ट दिएको छ । संक्रमण बढिरहेका बेला क्रिसमको समयमा सिडप्याथ प्रयोगशालाले नै गलत रिपोर्ट दिएको हो ।

आफूहरुले अन्य व्यक्ति र आफन्तलाई संक्रमण सारेको हुन सक्ने भन्दै संक्रमितहरुले चिन्ता व्यक्त गरेका छन् । आफ्नो त्रुटीका लागि प्रयोगशालाले माफी मागेको छ ।

कर्मचारीमा कामको चापले त्रुटी हुन गएको प्रयोगशालाको भनाई छ । तथ्यांक प्रशोधनसम्बन्धी त्रुटिले गलत नतिजा आएको प्रयोगशालाले जनाएको छ ।

क्रिसमको अघिल्लो दिन ८८६ जनाले सो प्रयोगशालामा कोभिड परीक्षण गरेका थिए । तीमध्ये ४०० जनाको रिपोर्ट गलत आएको थियो ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको त्रासबीच न्यू साउथ वेल्समा कोभिड परीक्षण गर्न चाहने व्यक्तिको सख्ंया उल्लेख्य छ । प्रयोगशालाको क्षमताभन्दा बढी मानिसको चाप बढेपछि अधिकांशलाई फर्काइएको छ ।

पछिल्लो त्रुटीपूर्ण घटना पनि सोही चापका कारण भएको हुनसक्ने जनाइएको छ । अस्ट्रेलियामा ओमिक्रोनबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  १ : ०५ बजे

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर