एनआरएनए महाधिवेशन प्रतिनिधि विवाद टुंगियो « Khabarhub

एनआरएनए महाधिवेशन प्रतिनिधि विवाद टुंगियो


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाविधेशन प्रतिनिधि विवाद टुंगिएको छ ।

संघका सचिव गौरीराज जोशीका अनुसार संघको महाधिवेशन प्रतिनिधि विवाद टुंग्गाउन गठित उपसमितिको बैठकमा विवाद अन्त्य गर्ने सर्वसम्मत निर्णय भएको हो ।

‘यदि कसैले बीचमा खेल खेलेन भने समितिभित्र महाधिवेशन प्रतिनिधि विवाद टुंग्गो लागेको छ,’ जोशीले भने । संघका अध्यक्ष कुमार पन्तले गठन गरेको सो समितिमा सर्वसम्मतले महाधिवेशन प्रतिनिधि मिलाएर चुनावमा जाने सहमति भएको जानकारी जोशीले दिए ।

यसअघि संघले सल्लाहकारद्वय विश्वआर्दश पण्डित र डा. यादव पण्डितसहित नारायण थापा र गौरीराज जोशी रहेको सदस्सीय समिति गठन गरेको थियो । जोशीका अनुसार पछिल्लो सहमतिको बारेमा अध्यक्षका प्रत्यासीबीच छलफल गरेर निर्वाचनको वातावरण बनाउने तयारी संघले गरेको छ ।

संघको नेतृत्वको लागि उपाध्यक्षद्वय डा. बद्री केसी र रविना थापा तथा कुल आचार्यले दावी गरेका छन् । संघका महासचिव डा. हेमराज शर्माले संघको १०औँ महाधिवेशन र निर्वाचनको मिति छिट्टै सहमतिमा तय गरिने जानकारी दिए ।

शर्माले भने, ’निर्वाचनसम्बन्धी विवाद टुंग्याउन विभिन्न चरणमा छलफल भएका छन् सबै पक्षसँगको सहमतिलाई आधारमा अघि बढ्छ ।’

चार महिनादेखिको विवादको अन्त्य गर्न संघका पदाधिकारी काठमाडौंमा भेला हुने भएका छन् । संघका अध्यक्ष कुमार पन्त, संरक्षक जीवा लामिछाने, प्रवक्ता डिबी क्षेत्री, कोषाध्यक्ष महेश श्रेष्ठ, सहकोषाध्यक्ष लोक दाहाल काठमाडौं पुगिसकेका छन् भने अध्यक्षका प्रत्यासी डा. वद्री केसी र संघका महासचिव डा. हेमराज शर्मा यसैसाता काठमाडौं पुग्ने तयारीमा छन् ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  १२ : ५५ बजे

पोर्चुगल राष्ट्रपति चुनाव : कट्टर–दक्षिणपन्थी भेन्टुरा रनअफमा

एजेन्सी – कट्टर–दक्षिणपन्थी लोकप्रियतावादी दलका नेता आन्द्रे भेन्टुराले आइतबार सम्पन्न

योगेशले भने : एमालेलाई जिताउन सबै जुटौँ, ओलीसँग फागुनको चुनावपछि कुरा गरौँला

काठमाडौं– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एकताबद्ध भएर निर्वाचनमा जुट्न

करिब ६२ करोडको लागतमा भक्तपुर अस्पतालको भवन बन्दै

भक्तपुर– बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पताल परिसरमा आधुनिक एवं

अनशनरत स्वास्थ्यकर्मी र सरकारबीच पाँच बुँदे सहमति 

काठमाडौं– स्वास्थ्यकर्मीको आमरण अनशन सरकारसँगको पाँच बुँदे सहमतिपछि आइतबार साँझ

झापा पुगेका ओली बालेनबारे मौन, चुनावी सुरक्षाबारे उठाए प्रश्न

काठमाडौं- फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार हुने उम्मेदवारी