दिलीप कुमारको बायोपिकमा अमिताभ « Khabarhub

दिलीप कुमारको बायोपिकमा अमिताभ


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– बलिउडमा बायोपिक फिल्म बनाउने चलन बढ्दो छ । हालैमात्र सुपरस्टार राजेश खन्नाको बायोपिकको घोषणा भयो । अब निर्देशक सुभाष घईले दिग्गज अभिनेता दिलीप कुमारको बायोपिक बनाउन कम्मर कसेका छन् ।

सुभाष दिवंगत अभिनेता दिलीप कुमारको ठूलो फ्यान हुन् । उनले दिलीपका साथ ‘विधाता’, ‘सौदागर’ र ‘कर्मा’ जस्ता फिल्म निर्माण गरेका थिए ।

अभिनेता दिलीपको जीवनको अन्तिम समयसम्म पनि सुभाष साथमै थिए । सुभाष दिलीपको निधन पछि उनकी पत्नी सायरा बानोको सहारा बने । यही परिप्रेक्ष्यमा सुभाषले दिलीपको बायोपिक बनाउने योजना बनाएका छन् ।

‘सुभाषको बुझाईमा अभिनेता दिलीप कुमारको जिन्दगी प्रेरक छ । उनको प्रेरक कथालाई उनी पर्दामा देखाउन चाहिरहेका छन् । सुभाष फलफूल व्यापारी छोरा कसरी भारतको सम्मानित अभिनेता बन्न सफल भए भन्ने कथा देखाउन चाहन्छन् । उनी अमिताभ बच्चनलाई दिलीप कुमारको भूमिकामा अभिनय गराउन चाहन्छन्’, सुभाष निकट स्रोतले भन्यो ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  १२ : ४३ बजे

फेब्रुअरी २४ मा निर्वाचन गर्न असम्भव : जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेब्रुअरी २४ मा राष्ट्रपतीय निर्वाचन

बसको ढोकाबाट खसेर बैतडीमा एक जानको मृत्यु

दशरथचन्द– बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौं– नेपाली सेना स्थापनाको २६३ औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक

गर्भवती महिलाको हेलिकप्टरमार्फत् उद्धार

अदानचुली– हुम्लाबाट सुत्केरी बेथा लागेकी गर्भवतीको आज हेलिकोप्टरबाट उद्धार गरिएको छ