प्रचण्डको प्रतिवेदनमाथि छलफलको समय सकियो, परिमार्जनसहित पारित गरिँदै « Khabarhub

प्रचण्डको प्रतिवेदनमाथि छलफलको समय सकियो, परिमार्जनसहित पारित गरिँदै


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनमा आज चौथो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि तोकिएको समय सकिएको छ ।

झण्डै १७ सय प्रतिनिधिहरूलाई २५ समूहमा विभाजन गरेर भएको समूहगत छलफलको निचोड अब समूह प्रमुखहरूले प्रस्तुत गर्नेछन् । एउटा समूह प्रमुखलाई १५ मिनेटको समय दिइएको छ । उनीहरूले निष्कर्ष दिइसकेपछि प्रतिवेदन परिमार्जनसहित  पारित गर्ने तयारी माओवादीको छ ।

लगत्तै नयाँ नेतृत्व चयन प्रकियामा बन्दसत्र अघि बढ्नेछ । माओवादीले भावी राजनीतिक कार्यदिशासहित १५ पदाधिकारीको २९९ सदस्यीय केन्द्रीय समिति बनाउनेछ ।

 

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  १ : ३५ बजे

मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो, अर्को हप्ता वितरण गरिने

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ स्थित मेलम्चीको

स्पेन र मोरक्कोबीचको खेल अतिरिक्त समयमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत जारी

वाम–लोकतान्त्रिक गठबन्धनले नयाँ सरकार निर्माण गर्छ : महासचिव भुसाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का महासचिव डा बेदुराम भुसालले वाम–लोकतान्त्रिक

पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक पक्राउ

काठमाडौँ – विदेशमा आकर्षक तलब प्राप्त हुने लोभमा फस्दा नेपालीहरु

निर्वाचन आयोगद्वारा समानुपातिकतर्फको सिट बाँडफाँट, कसले कति पाए ?

काठमाडौँ– समानुपातिकतर्फ निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम तथ्यांक अनुसार नेकपा