ट्याक्सी लिएर चोरी गर्ने गिरोहका ६ जना पक्राउ | Khabarhub Khabarhub

ट्याक्सी लिएर चोरी गर्ने गिरोहका ६ जना पक्राउ


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रातिको समयमा ट्याक्सी प्रयोग गरी धनमाल चोरीमा संलग्न रहेको अभियोगमा ६ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौँ टोखा बस्ने सिन्धुपाल्चोक लिसंखु गाउँपालिका ८ ठेगाना भएका ३१ वर्षीय रोशन उप्रेती, सर्लाही बरहथवा नगरपालिका ७ घर भएका ३३ वर्षीय राम पुनित महतो, ३२ वर्षीय राजु गुप्ता भन्ने राम बिश्वास महतो, २६ वर्षीय अशोक कुमार महतो, काठमाडौँ गोंगबु बस्ने नुवाकोट लिखु गाउँपालिका ८ ठेगाना भएका ३६ वर्षीय राम बाघदास र काठमाडौँ टेकु बस्ने भारत मोतिहारी सुगौली थाना छाप्राबास ठेगाना भएका ५३ वर्षीय शत्रुधन प्रसाद जैसवाल रहेका छन् ।

काठमाडौँको चन्द्रागिरी नगरपालिका ३ थानकोटस्थित बिशाल प्लाष्टोक्याव ई प्रालिको कारखानाबाट मंसिर ११ गते राति पाइप बनाउन प्रयोग हुने तामा र पित्तलबाट बनेको ६ थान साइजर र तामाको पावर केबल तार समेत गरी १८ लाख ७६ हजार ४ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका १० बुद्धनगरबाट उक्त चोरी कार्यमा संलग्न राम पुनित महतो सहित ५ जना र चोरी गरी ल्याएका सामानहरु खरिद गर्ने कवाड पसल सञ्चालक शत्रुधनलाई काठमाडौँ टेकुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट उनीहरुले रातको समयमा ट्याक्सी प्रयोग गरी समूह बनाई बिभिन्न सहकारी संस्था लगायत अन्य कारखानाहरुमा चोरी गर्ने गरेको खुल्न आएको छ । उनीहरूबाट ९ केजी ५ सय ग्राम तारका क्वाइलहरू बरामद भएको छ ।

उनीहरुलाई चोरी गरी लगेको सामानहरु सहित थप कानूनी कारबाहीका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ५ : ३३ बजे

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

कोबे – पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह

ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता

ताप्लेजुङ – ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा टपरी गाँस्ने र धुपबत्ती बाट्ने

इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो

काठमाडौं – नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई

बेनी–दरवाङ सडक आयोजना : ट्रयाक खुलेको २० वर्षपछि कालोपत्रको तयारी

म्याग्दी – म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको दोस्रो सिम–लाम्पाटा

बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता

मकवानपुर – बागमती प्रदेशसभाअन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको सभापति पदका