कोरोनाविरुद्धको खोप लगाउन सरकारको आग्रह | Khabarhub Khabarhub

कोरोनाविरुद्धको खोप लगाउन सरकारको आग्रह


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन उपत्यका सबैलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरसको जोखिम कम गर्न उपत्यकाका सबैलाई खोप लगाउन आग्रह गरेको हो ।

मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरका सबैलाई सूचना जारी गर्दै भेरोसेल, कोभिशिल्ड र एस्ट्राजेनिका खोप लगाउन आग्रह गरेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । काठमाडौँ र ललितपुरमा बिहान १० देखि ३ बजेसम्म र भक्तपुर बिहान १० देखि १ बजेसम्म खोप लगाउन आग्रह गरिएको छ । काठमाडौँ र ललितपुरमा ११–११ खोप केन्द्र र भक्तपुर दुई खोप केन्द्रमा १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउन भनिएको छ ।

काठमाडौँमा सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, शहीद मेमोरियल अस्पताल कलङ्की, लोत्से भवन नयाँ बसपार्क, वीरअस्पताल, बयोधा अस्पताल, निजामति कर्मचारी अस्पताल र एपेक्स पोलिक्लिनिक कोटेश्वरमा खोप लगाइदै छ ।

यस्तै भक्तपुरमा नेपाल कोरियामैत्री अस्पताल ठिमी र खोपः अस्पताल च्यामसिंह तथा ललितपुरमा पाटन अस्पताल, छवा–बहाल जनस्वास्थ्य शाखा र सैबु स्वास्थ्यचौकी, बज्रवराही चापागाउँ अस्पताल, बाडेगाउँ प्राथमिक स्वास्थ्यचौकी, लेले स्वास्थ्य प्राथमिक केन्द्र, लुभू प्राथमिक स्वास्थ्य केन्द्र, इमोडोल स्वास्थ्यचौकी, भट्टेडाँडा स्वास्थ्यचौकी, चौघरे स्वास्थ्यचौकी र गोटीखेल स्वास्थ्यचौकीमा पनि खोप लगाइँदै छ । सरकारले नियमितरूपमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ६ : १० बजे

धितोपत्र बोर्डका नाममा कसले चप्कायो घुस ?

काठमाडौं– हाइड्रो व्यवसायी एवं स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) अहिले

पोखरा स्पोर्ट्स अवार्ड : चौधरीले जितिन् उदीयमान खेलाडीको अवार्ड

पोखरा– नवौँ पोखरा स्पोर्टस् अवार्डमा वर्ष उदीयमान खेलाडी क्रिकेटकी रचना चौधरी

बारपाकमा भिसी गजे घले संग्रहालय उद्‌घाटन

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाको बारपाकमा भिसी गजे

भारत–पाकिस्तान युद्धले नेपालको बजार र भान्छामा कस्तो असर पर्ला ?

काठमाडौं– आतंकवादविरुद्ध भारतले अगाडि बढाएको ‘मिसन सिन्दुर’ पछि भारत पाकिस्तानबीचमा

‘पाकिस्तानमा रहेका नेपालीको सुरक्षाका लागि सरकार सचेत छ’

काठमाडौं– परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी र अन्य नेपालीको