विजेता भलिबल टोली भोलि स्वदेश फर्किने | Khabarhub Khabarhub

विजेता भलिबल टोली भोलि स्वदेश फर्किने


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–एसियन भलिबल कन्फेरेन्स सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको च्याम्पियन नेपाली राष्ट्रिय महिला भलिबल टोली बिहीबार बिहान सवा ११ बजे नेपाल फर्किने भएको छ।

बङ्गलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएर लगातार दोस्रो पटक उपाधि भित्राएको हो ।

प्रतियोगितामा आफ्नो पहिलो खेल श्रीलंका र फाइनलमा उज्बेकिस्तानसँग दुई–दुई सेट बाँडे बाहेक नेपाली टोलीले आयोजक बंगलादेश, माल्दिभ्स र किर्गिस्तानलाई सोझो सेटमा पराजित गरेको थियो ।

प्रतियोगिताको साबिक विजेता नेपालले यसअघि सन् २०१९ मा बंगलादेशमै सम्पन्न प्रतिायोगिताको पहिलो संस्करणको फाइनलमा माल्दिभ्सलाई सोझो सेटमा हराएर पहिलो पटक भलिबलमा सबैभन्दा ठूलो उपाधि हात पारेको थियो ।

पुरुषतर्फ तेस्रो स्थानको लागि भएको खेलमा नेपाल उज्बेकिस्तानसँग सोझो सेटमा पराजित भएको थियो । पुरुष टोलीसमेत भोलि नै आइपुग्नेछ ।

 

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ६ : ४० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’