यसरी प्रयोग गरे औषधि समान बन्छ अदुवा « Khabarhub

यसरी प्रयोग गरे औषधि समान बन्छ अदुवा


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हामीले भान्छामा अदुवाको प्रयोग गरेर हाम्रो खाना मिठो र स्वादिलो बनाउँछौँ । त्यसैमाथि अचार बनाउन तथा तरकारीमा हालेर हामी यसलाई खान्छौँ । तर, हामी कतिपयलाई अदुवा औषधिको रुपमा पनि प्रयोग गरिन्छ भनेर थाहा नहुन सक्छ ।

यस्ता छन् अदुवाका गुण

– खाना खानुअघि एक टुक्रा अदुवामा सिधेनून अथवा अरु नै नून मिलाएर खाएमा अरुचि रोग हुँदैन । जसले गला जिब्रो सफा हुन्छ । भोक बढाउँछ ,पेटमा पाचन रस बनाउँछ , पखाला तथा दिशा सम्बन्धी केही रोग भए ठीक हुन्छ । खाना खाए पश्चात् एक टुक्रा अदुवा खाने गरे रोग लाग्न दिँदैन ।

– अदुवाको रसमा बराबर मौरीको मह मिलाएर खाएमा श्वास रोग, कफ बिकार, मन्दाग्नि, रुघा,अमन हुने, वातज अण्डवृद्धि र श्वास बढ्ने रोगमा लाभ हुन्छ ।

– कागतीको रसमा अदुवा मिलाएर खानाले पैत्तिक मन्दाग्निमा, सक्खरमा मिलाएर खानाले अजीर्णमा, पूरानो गुँड मिलाएर खानाले खोकीमा, शरीर सुनिएकोमा र जिउ चलाउने मिश्रीसँग मिलाएर खाएमा अथवा मह मिलाएर खानाले, कफ रुघामा तुलसीको रस, मह र मुजुरको प्वाँख डढाएको खरानी मिलाएर खानाले छाद्ने रोग सञ्चो गर्छ ।

दूध मिलाएर नाकबाट खुवाए टाउको दुख्नेमा, जुवानो अदुवाको रसमा पिँधेर शरीरमा घस्नाले बाथको पीडामा, क्रिफला र गुँड मिलाएर दिनाले सन्निपातमा, ज्वरो आएको रोगीको घाँटी घरघर गर्नेमा लाभ गर्छ ।

अदुवाको रस नाकबाट भित्र चुहाउनाले ज्वरोको मूर्छामा लाभ गर्छ । शरीरको गर्मी जति तातो गरी कानमा टप्काउनाले कान दुख्ने रोग जाती हुन्छ । अदुवा पिसेर हात खुट्टामा दल्नाले हातखुट्टा बाउँडिने समस्या पनि हराउँछ । यसको साथमा सिधेनुन मिलाएर खाने गरे राम्रो गर्छ ।

कुन अवस्थामा प्रयोग नगर्ने अदुवा

चिकित्सकहरूका अनुसार पाण्डुरोग, हातखुट्टा, पायल्स, नङ, आँखा पहेँलो हुने रोग, जन्डीस , मूत्रकृच्छ, पिसाब पोल्ने रोकीने, ज्वरोमा शरीर पोल्ने, पित्त प्रकृतिवालालाई यसले हानी गर्छ ।

यस्तो समस्याले हुनेले अदुवा खान हुँदैन । तर, सिधेनुन र ज्यामीर कागतीको रससँग मिलाएर खान सकिन्छ भन्ने धन्वन्तरिको भनाइ छ ।- एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ५ : ४५ बजे

भैँसेपाटीस्थित मन्त्री निवास बस्न अयोग्य, नयाँ मन्त्रीलाई अस्थायी आवासको व्यवस्था गरिने (तस्बिरहरू) 

काठमाडौं– प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै केही दिनभित्रै नयाँ सरकार

पिताको निधनपछि अस्पताल पुगे ओली (तस्बिरहरू)

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिताको निधनपछि

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

मकवानपुर– हेटौँडा– नारायणगढ  सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक

धुम्म आकाश, बढ्दो प्रदूषणः जनस्वास्थ्यमा गम्भीर असरको चेतावनी

काठमाडौँ – पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु

स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहर रोकियो

त्रिशूली– स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन  रोकिएको