प्रधानमन्त्री कपको उपाधिका लागि आर्मी र एपीएफ भिड्दै | Khabarhub Khabarhub

प्रधानमन्त्री कपको उपाधिका लागि आर्मी र एपीएफ भिड्दै


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चौथो संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब प्रतिस्पर्धा गर्दैछन् ।

बिहान ९ बजे कीर्तिपुर क्रिकेट मैदानमा हुने खेलमा दुबै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने छन् ।

बिहीबार कीर्तिपुर खेल मैदानमा बागमती प्रदेशलाई ९४ रनले हराउँदै लगातार चौथोपटक प्रतियोगिताको फाइनलमा पुगेको आर्मी उच्च मनोबलका साथ मैदानमा हुनेछ ।

सत प्रतिशत नतिजासहित फाइनल पुगेको एपीएफ आर्मीविरूद्ध समूह चरणको नतिजा उल्ट्याउने प्रयत्नमा हुनेछ । उसले समूह चरणमा आर्मीलाई ६ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ६ : ३५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र